Logo

अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने: सांसद रावल



Spread the love

२५ भदौ, काठमाडौं । बुधबार राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल गर्दै, अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने र वैवाहिक अंगीकृत नागरिकता भने नेपालमा विवाह गरेर आएको १० देखि १५ वर्षपछिमात्रै दिनुपर्ने प्रस्ताव सांसद झपट रावलले गरेका छन् ।

राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल गर्ने क्रममा, अंगीकृत नागरिकता लिनेको सन्तानलाई अंगीकृत नागरिकता नै दिनुपर्ने र १५ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने सांसद प्रेम सुवालले पनि बताए ।

प्रतिक्रिया दिनुहोस्