Logo

वि.स. ९३६ देखि हालसम्म नेपालमा के-के भयो ? संक्षेपमा बुझ्नुहोस् ।



Spread the love

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ ।

नेपाल  शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द ‘निपालय’ बाट भएको हुन सक्छ, जस्को अर्थ “पहाडको आधार (खुट्टा)” अथवा “खुट्टामा निवास” हो ।

अब कुरा गरौँ, इतिहासको बारेमा । विश्वभक्त दुलाल ‘आहुती’को भनाइ सापट लिएर भन्नुपर्दा ‘इतिहास वर्तमानको गर्व हो । जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति ।’

यहाँ अत्यन्त सारंशमा वि.स ९३६ देखि वि.स.२०७० सम्ममा भएका उल्लेखनीय घटनाक्रमहरूलाई उल्लेख गरिएको छ:

➤ ९३६ – नेपाल संवतको सुरुवात
➤ १३१७ – अरनिको चिन गएको
➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५)
➤ १६९३ – कृष्ण मन्दिरको निर्माण
➤ १७२७ – रानी पोखरीको निर्माण
➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७)
➤ १८०१ – नुवाकोट विजय (असोज १५)
➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण
➤ १८२२ – कीर्तिपुर विजय
➤ १८२५ – कान्तिपुर विजयी (असोज १)
➤ १८२५ – ललितपुर विजयी (असोज २४)
➤ १८२६ – भक्तपुर विजय (मंसिर १)
➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि
➤ १८७२ – सुगौली सन्धि (१८१६ मार्च ३)
➤ १९०३ – कोतपर्व (असोज २)
➤ १९०३ – भण्डारखाल पर्व (कार्तिक १२)
➤ १९०६ – जंगबहादुरको युरोप यात्रा
➤ १९०८ – छापाखानाको प्रारम्भ (पौष ७)
➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना
➤ १९११ – नेपाल-तिब्बत युद्ध प्रारम्भ
➤ १९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर)

➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन (असार१४)
➤ १९४७ – वीर अस्पतालको निर्माण (साउन१२)
➤ १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४)
➤ १९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना
➤ १९७५ – त्रिचन्द्र कलेजको स्थापना
➤ १९७७ – सती प्रथा उन्मूलन, मकै पर्व
➤ १९८१ – दास प्रथाको अन्त्त्य
➤ १९८९ – चिडियाखानाको स्थापना
➤ १९९० – महाभूकम्प
➤ १९९० – एसएलसी बोर्डको स्थापना (कार्तिक१६)
➤ १९९७ – प्रजापरिषद् काण्ड, ४ जना सहिद
➤ २००२ – कागजी नोटको प्रचलन (असोज १)
➤ २००६ – काठमाडौं गौचरमा प्लेन उत्रेको(बैशाख ११)


➤ २००७ – नेपाल भारत बीच सन् १९५० शान्ति र मैत्री सन्धि (साउन २६)
➤ २००७ – प्रजातन्त्र घोषणा (फागुन ७)
➤ २००७ – रेडियो नेपालको स्थापना (चैत्र ७)
➤ २००८ – राजपत्रको प्रकाशन (साउन २२)
➤ २०१४ – डा. के.आई सिंह प्रधानमन्त्री नियुक्त
➤ २०१५ – नेपाल वायुसेवा निगमको स्थापना(असार १७)
➤ २०१६ – त्रि.वि. को स्थापना
➤ २०१७ – गोरखापत्रलाई दैनिक पारिएको(फागुन ७)
➤ २०१८ – नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन
➤ २०१८ – धरहरा प्रवेश निषेध
➤ २०१९ – पूर्व-पश्चिम राजमार्गको शिलान्यास (वैशाख १)
➤ २०१९ – नेपालको संविधान लागू
➤ २०१९ – सरकारबाट राष्ट्रिय चिन्ह घोषणा (असार २७)
➤ २०२० – नयाँ मुलुकी ऐन लागू (भाद्र १)
➤ २०२१ – सरकारी कामकाज नेपाली भाषामा हुनुपर्ने व्यवस्था (वैशाख १२)
➤ २०२१ – भूमिसुधार कार्यक्रमको प्रारम्भ(पौष १)
➤ २०२९ – ४ विकास क्षेत्रमा विभाजन (असार१३)
➤ २०३० – सिंह दरबारमा आगलागी (असार २५)
➤ २०३१ – श्री ५ वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्र घोषित गर्न प्रस्ताव पेश
➤ २०३४ – नेपालमा विफर उन्मुलनको घोषणा(वैशाख १)
➤ २०३६ – जनमत संग्रह घोषणा (जेठ १०)
➤ २०३७ – जनमत संग्रह सम्पन्न (वैशाख २०)
➤ २०३७ – नेपाललाई ५ विकास क्षेत्रमा विभाजन (असोज २६)
➤ २०३८ – बालिग मताधिकारका आधारमा आमनिर्वाचन (वैशाख २६)
➤ २०३८ – घण्टाघरमा आगलागी
➤ २०४१ – नेपाल टेलिभिजनको स्थापना (माघ १७)
➤ २०४२ – पञ्चायती व्यवस्थामा दोस्रो आम निर्वाचन (वैशाख २९)
➤ २०४५ – UNO हाभियर पेरेज द कोययारको नेपाल भ्रमण (फागुन २३)
➤ २०४६ – संयुक्त जनआन्दोलनका लागि वाममोर्चाको गठन (माघ २)
➤ २०४६ – बहुदलीय व्यवस्थालाई मान्यता प्रदान (चैत्र २६)
➤ २०४७ – कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डल गठन(वैशाख ६)
➤ २०४७ – संविधान, २०४७ को घोषणा (कार्तिक २३)
➤ २०५१ – प्रतिनिधिसभाको लागि दोस्रो आमनिर्वाचन (कार्तिक २९)
➤ २०५१ – नेपालको पहिलो वामपन्थी मन्त्रीमण्डल गठन (मंसिर १३)
➤ २०५२ – माओवादीद्वारा सशस्त्र युद्धको सुरुवात (फागुन १)
➤ २०५३ – महाकाली सन्धि पारित (असोज ४)
➤ २०५६ – तेस्रो संसदीय आमनिर्वाचन(वैशाख २० र जेठ ३)
➤ २०५८ – नारायणहिटी काण्ड (जेठ १९)
➤ २०५८ – संकटकालको घोषणा (मंसिर ११)
➤ २०५९ – ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन (जेठ ८)
➤ २०५९ – गोरखापत्रको रंगिन प्रकाशन सुरु(असार १०)
➤ २०६१ – धरहरा प्रवेश खुल्ला (माघ १)
➤ २०६१ – शाही घोषणा
➤ २०६२ – दिल्लीमा १२बुँदे समझदारी (मंसिर७)
➤ २०६२ – लोकतान्त्रिक आन्दोलनको सुरुवात(चैत्र २४)
➤ २०६३ – संसदको पुनःस्थापना (वैशाख ११)
➤ २०६३ – नेपाल सरकार, नेपाली सेना बनाउने निर्णय(जेठ ४)
➤ २०६३ – २१ जनालाई सहिद घोषणा (जेठ २१)
➤ २०६३ – महानगरीय प्रहरीको व्यवस्था (मंसिर १)
➤ २०६३ – बृहत शान्ति सम्झौता सम्पन्न (मंसिर५)
➤ २०६३ – सेनाको व्यवस्थापन सम्झौतामा हस्ताक्षर (मंसिर २२)
➤ २०६३ – नयाँ निशान छाप प्रचलनमा (पुस १५)
➤ २०६३ – नेपालको अन्तरिम संविधान जारी (माघ १)
➤ २०६४ – नयाँ राष्ट्रिय गान सार्वजनिक (साउन १८)
➤ २०६५ – राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा (जेठ १५)
➤ २०६५ – ज्ञानेन्द्र नारायणहिटी दरबारबाट वहिर्गमन (जेठ २९)
➤ २०६५ – नारायणहिटी दरबारमा झण्डोत्तोलन (असार १)
➤ २०६५ – परमानन्द झा उपराष्ट्रपतिमा निर्वाचित (साउन ४)
➤ २०६५ – डा.रामवरण यादव राष्ट्रपतिमा निर्वाचित (साउन ६)
➤ २०६५ – पुष्पकमल दाहाल प्रममा निर्वाचित (साउन ३१)
➤ २०६५ – नेपाल सम्वतलाई राष्ट्रिय मान्यता(कार्तिक ८)
➤ २०६५ – प्रसुती सेवा निःशुल्क घोषणा (माघ१)
➤ २०६५ – नारायणहिटी सर्वसाधारणका लागि खुल्ला (फागुन १५)
➤ २०६६ – अंग्रेजी भाषाको नागरिकता वितरण (मंसिर १)
➤ २०६६ – कालापत्थरमा बैठक सम्पन्न (मंसिर १९)
➤ २०६६ – गिरिजा प्रसाद कोइरालाको निधन (चैत्र ७)
➤ २०६७ – फोटो सहितको मतदाता नामावली (भदौ २८)
➤ २०६७ – जिन बैंकको सञ्चालन (असोज २१)
➤ २०६७ – कृष्णप्रसाद भट्टराईको निधन (फागुन २०)
➤ २०६८ – सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध (साउन २२)
➤ २०६८ – नेपाल भारतबीच बिप्पा सम्झौता (कार्तिक ४)
➤ २०६८ – नेपाल भारत बीच DTAA सम्झौता (मंसिर ११)
➤ २०६९ – खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष (चैत्र १)
➤ २०७० – सरकारद्वारा कमलरी मुक्त घोषणा (साउन १)
➤ २०७० – ५ विकास क्षेत्रमा अदुअआ क्षेत्रीय कार्यालय स्थापना (असोज १)
➤ २०७० – सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित (माघ २७)

प्रतिक्रिया दिनुहोस्