Logo

लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला ‘म्याराथन दौड’काे उपाधि गुरुङलाई



Spread the love

२५ भदौ, गोरखा । लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला ‘म्याराथन दौड’ प्रतियोगिताको उपाधि आरुघाट गाउँपालिका थुमीका भीमबहादुर गुरुङले जितेका छन् । उपाधि जितेका गुरुङले एक लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।

१ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेर पूर्व सैनिक गुरुङ पहिलो भएका हुन् ।

प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा दोस्रो भएका छन् । उनले ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पार गरेका हुन् । उनले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । ३ घण्टा ३० मिनेट २ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रणवम दल गणका सविन तामाङ तेस्रो भए । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कार वितरण गरिएको छ ।

नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाले प्रतियोगिता आयोजना गरेकाे प्रतियोगिता पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु भएको दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुँदै गोरखा नगरपालिकाको गोरखा दरबार पुगेर टुंगिएको हो ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को कार्यक्रमलाई सहयोग पुग्ने अपेक्षा र एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्