Logo

काकालाई भतिजाले गरे खुकुरी प्रहार !



Spread the love

२५ भदौ, काठमाडौं । खोटाङमा, मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवाललाई खुकुरी प्रहार गरेका छन् ।

खुकुरी प्रहारबाट काका बालाराम घाइते भएका छन् । उनकाे अहिले जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ ।

काकालाई खुकुरी प्रहार गरी घाइते बनाउने मझुवागढी नगरपालिका-५ कटुवाल टोलका २५ वर्षीय दिनेशलाई प्रहरीले मंगलबार राति नै पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्