Logo

आइतवार SITS ले युनिभर्सल कलेजमा रक्तदान कार्यक्रम सन्चालन गर्दै ।



Spread the love

विकास अर्याल -सल्लेरी खबर,काठमाडौं ।

आइतवार युनिभर्सल कलेज र न्यू समिट कलेज को संयुक्त सहकार्यमा मैतीदेवीमा रहेको युनिभर्सल कलेजमा रक्तदान कार्यक्रम सन्चालन हुँदै छ । सो कार्यक्रम को आयोजक भने SITS हो । SITS न्यू समिट कलेजको Bsc.csit सन्काय तर्फ को IT क्लब हो । उक्त IT क्लबले विगतका वर्षहरुमा पनि रक्तदान कार्यक्रम सन्चालन गर्दै आएको छ । रक्तदान कार्यक्रम आइतवार युनिभर्सल कलेजमा विहान ठिक ९ बजे देखी १ बजे सम्म हुने क्लबका वर्तमान अध्ययक्ष मदन पन्थिले सल्लेरी खबर लाई जनकारी दिनु भयो । यस वर्ष १५० भन्दा बढी विद्यार्थीले रगत दिने पनि उहाले जनकारी गराउनु भयो ।

उक्त IT क्लवमा उपाध्यक्ष प्रसन्न सिङ कार्की, सचीव प्रतीक आनन्द शाक्य , उपसचिवमा सृजना राउत, सह-सचीवमा आदित्य सापकोटा, कोषाध्यक्षमा अनुषा सिङ र सधारण सदस्यहरुमा रन्जन राज खरेल, रोशन बुडाथोकी , पुर्णिामा कार्की, मनिता खतिवडा , प्रबिन , निषोद र विकास रहेका छन। बिभिन्न IT सम्बन्धी कार्यक्रमहरु पनि उक्त क्लब ले स्न्चालन गर्दै आएको  क्लबका उपाध्यक्ष प्रसन्न सिङ कार्की ले जानकारी दिनुभयो। कार्यक्रममा २५ जना स्वयंसेवक ले स्वयंसेवा गर्नेछन। क्लबका अध्यक्ष मदन पन्थीले १० मिनेटमा दिएको रगत ले ३ जना मानिसको ज्यान बच्ने भएकालेे यो SITS रक्तदान कार्यक्रममा सहभागी भै सामाजिक पुण्य गर्नुहुन सबैलाई अनुरोध समेत गर्नुभयो ।

कार्यक्रम हुने मिति: २०७४/0५/११ आइतबार ,

समय: विहान ९ वजे देखि दिउँसो १ वजे सम्म।

प्रतिक्रिया दिनुहोस्