Logo

तिहारअघि नै खुल्ने भयाे बालगोपालेश्वर मन्दिर



Spread the love

२५ भदौ, काठमाडौं । भूकम्पले भत्काएकाे रानीपोखरीभित्र रहेको बालगोपालेश्वरको मन्दिर तिहारअघि नै पुनर्निर्माण सम्पन्न गरि  खुलाउने तयारी रहेकाे छ । तिहारअघि नै सम्पन्न गर्ने गरी मन्दिरको पुनर्निर्माणकाे काम धमाधम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको हाे।

तिहारअघि पुनर्निर्माणको काम सकेर भाइटीकासम्म मन्दिर खुल्न सक्नेमा आशावादी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । ‘तिहारअघि रानीपोखरीको काम पूरा गर्न नसके पनि मन्दिरको काम सक्नेतर्फ हामी लागिरहेका छौ ,’ उनले भने ।

तिहारअघि मन्दिर खुलाउन सकिने अवस्था नरहेको र मन्दिर जाने पुल भत्काएर नयाँ पर्खाल लगाउन मात्रै २ महिना लाग्ने भएकोले तिहारअघि मन्दिर पुनर्निर्माण नसकिने निर्माण कम्पनीले बताएकाे छ ।

सीए तुलसी कन्ट्रक्सनका साइट इन्जिनियर सनम श्रेष्ठका अनुसार, तिहार अघिसम्म मन्दिरको १ तलासम्म बनाइसकिने र पुलको काम आधा जस्तो सकिने बताए ।

२०७२ सालको भूकम्पले क्षती पुर्‍याएपछि रानीपोखरी र परिसरका संरचनाको पुनर्निर्माण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्