Logo

भारतीय सीमामा सुरक्षाका लागि सेना राख्न, सांसद पम्फा भुसालकाे प्रस्ताव



Spread the love

२५ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै खुला सीमा बन्द गर्नु पर्ने प्रस्ताव गरेकी छन् ।

बुधबारको बैठकमा बोल्दै अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था नभए पनि सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्ने सांसद भुसालले बताइन् ।

भारतीय किसानले नभइ सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गरिन् । ‘नेपाली सेनालाई बोर्डर नजिक राखौं, ठेक्का अरुलाई दिए पनि हुन्छ ,’ उनले फेरि भनिन् ।

सांसद भुसालकाे कुरालाइ खण्डन गर्दै, नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले भने सीमामा अपराध बढेको छ भन्दैमा सीमा शील गर्ने भनेर २ देशको सम्बन्ध बिगार्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्