Logo

चट्याङले पाँच गाई मरे



Spread the love
प्रतिकातमक तस्बीर ।

२५ भाद्र, बाँके – बाँकेको जानकी गाउँपालिका वडा नं २ बेलभारमा चट्याङबाट पाँच वटा गाईको मृत्यु भएको छ । आज वर्षात्सँगै चट्याङ पर्दा बेलभारको वनकटा गाउँमा रहेका छाडा गाईको मृत्यु भएको जानकी गाउँपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिए ।

उनका अनुसार, गाउँ नजिकै सडकमा बसेका छाडा गाईमध्ये पाँच वटा आज मृतावस्थामा फेला परेका थिए । चट्याङबाट वडामा अन्य कुनै पनि क्षति पुगेको छैन । मृतक गाईको आवश्यक प्रक्रिया पूरा गरेर घटनास्थल नजिकै गाडेको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।

यसैबीच जानकी गाउँपालिकाको वडा नं १ साइगाउँ र वडा नं २ बेलभारमा भारतीय सीमा क्षेत्रबाट आएका पशुचौपायाले किसानको खेतीबाली खाएर क्षति पुर्याउँदै आएका छन् । गाउँपालिकामा रहेका छाडा चौपायाको यकीन गरी नियन्त्रणका लागि गाउँपालिकाबाट आवश्यक पहल भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्