Logo

व्यावसायिक च्याउखेती तालीम



Spread the love

२५ भाद्र, काभ्रे – कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले जिल्लामा च्याउखेती गर्दै आइरहेका किसानलाई व्यावसायिक खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको तालीम आज सम्पन्न भएको छ ।

फार्म सञ्चालन गरी बसेका र केही च्याउखेती गर्न ईच्छुक किसानलाई सहभागिता गराएर तालीम प्रदान गरेको ज्ञानकेन्द्रका प्रमुख जनार्दन खड्काले बताए ।

‘काभ्रे काठमाडौँबाट नजिक भएकाले यहाँ उत्पादन गरेका च्याउ सजिलै बजारसम्म पुर्याएर बिक्री गरी त्यसबाट किसानले आर्थिक लाभ लिन प्रोत्साहन गर्न च्याउखेती गर्दै आएको किसानलाई सहभागी गराएर नयाँ प्रविधिको बारेमा ज्ञान दिने उद्देश्यले तालीम आयोजना गरेका हौं ।’ उनले भने, “हामीले सोचे अनुसार किसानले पनि फाइदा लिन सफल भएका छन् ।”

तालीममा सहभागी ‘हाम्रो कृषि फार्म’ धुलिखेलका सञ्चालक शिव पन्तले तालीमबाट धेरै राम्रो ज्ञान लिन पाएको बताए । “हामीले गर्दै आएको काममा कसरी व्यवस्थित र नयाँ प्रविधिको प्रयोग गरी च्याउ उत्पादन गर्न सकिन्छ भन्ने विषयमा धेरै सिक्न पाएँ”, पन्तले भने, “विशेषगरी रोग र कीरा कसरी लाग्छ र त्यसको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सिक्न पाएँ ।” कूल २४ जना सहभागी सो तालीममा कृषि अनुसन्धान परिषद्(नार्क)का विशेषज्ञबाट प्रशिक्षण दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्