Logo

विल यु म्यारी मि ?



विल यु म्यारी मि ?

जब बिहान गङ्गा-स्नान गरेर बिस्तारै माथि उक्लँदै थिएँ, अकस्मात दुई नजरसँग मेरा कमजोर नजर टकराए । उकालोमा बढेको सास रोक्दै अलि नजिक गएँ र नियाली हेर्न खोजेँ उही चिर-परिचित अनुहार, उस्तै जिउढाल, उस्तै आँखा, केवल कपालको रङ्ग फरक ।

ऊ केही नबोली अडियो। म हेरेको हेर्यै भएँ । फेरि नजरको धोका हो कि भनेर आँखा मिचेर हेरिरहेँ तर त्यही अनुहार । अहो ! अहिले त झन् त्यो अनुहारमा मन्द मुस्कान मिसिएको ! अझै गौण भएर हेरेँ, मुस्काएका ओठसँगै आँखामा देखेँ- आँसु टमक्कै भरिएका । मन खङ्ररङ्ग भएर आयो ।  हातबाट अनायासै लौरो फुत्केर तल खसेछ । म चाहिँ कसो- कसो बाटोको कुना पट्टिको ढुङ्गामा शरीर अडाउन सकेछु- मेरो होस नउड्दै ।

एक छिन आँखा चिम्म गर्न मन लाग्यो, शरीरमा सयौँ सर्प एकैचोटि दगुरे जस्तो भयो । मिलिक्क कस्तो रिँगटा लागेर आयो । कतिखेर ढलेछु पत्तै भएन । जब होस आयो आफूलाई सलाईन पानी चढाइरहेको अवस्थामा भरतपुर अस्पतालको बिस्तरामा पाएँ । कसले, कसरी, किन देवघाट देखि यहाँसम्म ल्याइपुर्‍याए केही याद रहेनछ मलाइ ।

सिलिङमा फ्यान एकतमासले घुमिराखेको थियो । म राम्ररी मेसो पाइरहेकी थिइनँ कि कहाँ छु, किन छु भनेर । अनि घोत्लिँदै के थिएँ एक्कासि हातमा कसैको स्पर्श महसुस गरेँ ।  सिरानीतिर आँखा लैजान नपाउँदै एउटा आवाजले झस्केँ, उही चिरपरिचित मधुर आवाजमा कोही बोल्यो – `सरि मेरो कारणले हजुर बिरामी पर्नुभयो´ ।

टाउको थोरै झनझन भइरहे पनि हातबाट सञ्चार भइरहेको स्पर्शले मन हलुङ्गो भएको थियो, मानौँ जीवनका सम्पूर्ण गुनासाहरू सकिएका छन् अब । कहिल्यै नअस्ताउने जून लागेको छ; कहिल्यै नझर्ने फुल फुलेको छ; त्यसै त्यसै उडेर नाचूँ जस्तो; खित्काएर हाँसू जस्तो भान भइरहेथ्यो । मनमा परदेशमा कोही आफन्त भेट्दाको क्षण जस्तो ।


आज एकाबिहानैको घटना बल्ल याद भयो मलाई । भक्कानो छुटेर रोऊँ रोऊँ जस्तो भइराखेको थियो तर सम्हाल्दै भनेँ “होइन बेला बेलामा कमजोरीले हो कि खै किन हो बेहोस भएर ढल्छु । आज सन्जोग त्यस्तै भयो तपाईँ आउने म ढल्ने । धन्न तल नदीमा पुगेनछु ।” मैले स्थिति सामान्य बनाउने प्रयास गर्दै भनेँ । टाउको थोरै झनझन भइरहे पनि हातबाट सञ्चार भइरहेको स्पर्शले मन हलुङ्गो भएको थियो, मानौँ जीवनका सम्पूर्ण गुनासाहरू सकिएका छन् अब । कहिल्यै नअस्ताउने जून लागेको छ; कहिल्यै नझर्ने फुल फुलेको छ; त्यसै त्यसै उडेर नाचूँ जस्तो; खित्काएर हाँसू जस्तो भान भइरहेथ्यो । मनमा परदेशमा कोही आफन्त भेट्दाको क्षण जस्तो ।

केही बोल्न सक्ने अवस्थामा हामी थिएनौँ । उहाँले मलाई एकटक हेरिरहेको आभास हुन्थ्यो । म भने उहाँको हेराइको सामना गर्न नसकी नातागतिको बहाना बनाइ आँखा चिम्लिरहेँ । बन्द आँखा भित्र पन्ध्र वर्ष अगाडिका यादहरू एक-एक ताजा भएर आए ।

मैले भर्खर मात्र लेखकको पहिचान बनाउन सङ्घर्षरत अनि लेखन यात्रामा बामे सर्दै गरेका दिन हुँदा हुन्- ती दिनहरू । एउटा हौसला र प्रशंसाले पनि म सानो बालक झैँ पुलकित हुन्थेँ । `नेल्टा´को वार्षिक कार्यक्रममा भेट भएको थियो उहाँसँग। उहाँ `नेल्टा´को काठमान्डुको केन्द्रीय अध्यक्ष भइसकेपछि म संयोजक हुने अवसर जुर्‍यो ।  मिटिङ र कामको सिलसिलामा उहाँसँगको भेट बाक्लिएको थियो।

उहाँका अङ्ग्रेजीमा लेखिएका उपन्यासको म फ्यान जस्तै थिएँ र हरेक किताब विमोचनमा उहाँको हस्ताक्षर सहितको पुस्तक लिन धेरै चोटि भृकुटीमण्डप पुगेकी थिएँ । फुलेका हिउँ जस्ता कपाल, फुलेकै दाह्री अनि उज्यालो अनुहारमा बौद्धिकताले थप निखार थपेको थियो । बोली त यति मधुर थियो कि लाग्थ्यो रेडियोमा बिहानी धार्मिक प्रवचन सुनिरहेको छु।

मेरा रचनाका समीक्षा सुनाउने र अर्थ्याउने क्रममा हामी अझै नजिकियौ । नेपालमा अङ्ग्रेजी साहित्य लेखनका चुनौती र अवसर, लेखन कलाका आयाम इत्यादि विविध विषयमा घण्टौँ कुराकानी हुन थाल्यो । मेरो कीर्तिपुरको बसाई अनि उहाँको त्रि.वि.विको कार्यक्षेत्रले गर्दा भेटघाटमा सहजता थियो । उमेरमा धेरै भिन्नता भए पनि बौद्धिक उचाइ र सोचाइ हाम्रो समानान्तर थियो । सायद त्यही कारण हुन सक्छ त्यति सहजै कसैसँग नखुल्ने म उहाँसँग बिस्तारै खुल्न थालेँ। उहाँको सौहाद्रपूर्ण सहयोग र हौसलाका कारण म एक-एक नयाँ कृतिहरू प्रकाशन गर्दै गएँ ।

बढी समय घर बाहिर सेमिनार, मिटिङ, अध्यापन अनि घरमा फर्किसकेपछि पनि धेरै समय लेखनमा व्यस्त हुँदा घर भित्रको दैनिकीमा चाहिँ अलि उतार-चढाव आइरहेको आफैँलाई महसुस भइरहेको थियो । त्यही विषयमा शुरु भएका ठाकठुक र घोचपेच बढ्दै जाँदा बेला-बेला हावाको विपरीत दिशातर्फ खियाउन खोजेको डुङ्गा जस्तो भान हुन्थ्यो दुवै जनालाई । तैपनि जीवनको डुङ्गालाई जस्तो परिस्थितिमा पनि टुङ्गोमा पुर्‍याउनु पर्छ भन्नेमा आफू विश्वस्त थिएँ । जति व्यस्त भए पनि एउटी आमा र श्रीमतीबाट अपेक्षित कर्तव्य र जिम्मेवारीमा कहिल्यै कत्ति पनि चुकेकी थिइनँ म ।

जब मेरो पहिलो कृतिले चर्चाको शिखर चुम्यो र राष्ट्रिय तहको पुरस्कार पाउन सफल भयो, मलाई लाग्यो म मेरो सपनाको धेरै करिब छु । र, यस कारण ममा लेख्ने जिम्मेवारी झन् थपिएको थियो । अब अर्को कृति यो भन्दा पनि उत्कृष्ट हुनुपर्छ भन्ने मानसिक दबाबमा पनि थिएँ म, जसको कारण मेरो घरबाट पुरै सहयोगको अपेक्षा राख्दथेँ म । तर त्यसको उल्टो म पारिवारिक उल्झनमा परिरहेकी थिएँ । श्रीमानका शङ्का उप-शङ्काहरू, लाञ्छनाहरू र नगरेका गल्तीका चाङहरू पसारिएका हुन्थे घर भित्र छिर्दा । मेरो स्वतन्त्रता, मेरो सफलता अनि मेरो दिनचर्या यी सबै कुराले उहाँ खुसी हुनुहुन्न भन्ने कुरा मुखले नभने पनि मैले बुझेकी थिएँ ।

जिन्दगीको सहयात्रा त्यस्तो हुन्छ, जुन अनन्त सम्म मन र तन एकाकार भएर गुड्न सक्नु पर्छ- एउटै गतिमा । अन्यथा कति खेर कहाँ कुन पाङ्ग्रा धसिन्छ र धरापमा फसिन्छ भन्न सकिन्न । जब हिँड्ने कदमा फरक पर्छ, जब सोचाइको आयतन असमान हुन्छ, भावनाको गहिराई फरक पर्छ तब जिन्दगीको एउटै ढुङ्गामा चढेर सयर गर्नु एउटा दुस्साहस मात्र हुन्छ। बिस्तारै हामी दुवै जनालाई एकअर्काको उपस्थिति प्रिय भन्दा असहज हुँदै गइरहेको महसुस हुँदै थियो । सहयात्राको यो मोडमा बाटो बदल्नुपर्ने बेला आएको मलाई भित्रैदेखि भान भइरहेको थियो किनकि बारम्बार आफ्ना सपनाका बलि चढाएर सम्झौता गर्न मन तयार थिएन । तर कि ‘आफ्नो लेखनको अडान कि श्रीमतीको परिचय’मा सीमित हुनुपर्ने । दुईवटामा एउटा रोज्नु पर्ने अवस्था मेरो सामुन्ने प्रकट देखिए, मैले दोस्रो रोज्ने निर्णय गरेँ।

छोरा-छोरी विदेशी सकेका र आ- आफ्नो जीवनमा रमाइरहेका हुँदा उनीहरू प्रतिको जिम्मेवारी एक किसिमले पूरा भइसकेको थियो- भौतिक रूपमा। म अब भिन्न बस्ने निर्णय गरेँ । उहाँले बारबार `एक चोटि फेरि सोच´ भन्दा पनि मलाइ सोच्नै मन लागेन किनकि आधा जिन्दगी सोचेरै मात्रै बित्यो, अब समय खेर फाल्नु थिएन मलाई । औपचारिक केही लेनदेनका कुरा सामान्य रूपमा मिलाएर हामी अलग्गियौ ।

धेरैले धेरै कुरा काटे । कतिले बुढेसकालमा बैँस लागेको भने, दिमाग बिग्रेको भने, अर्कैसँग लागेकी छ भने । के भन्न बाँकी रह्यो र ? मेरो श्रीमानलाई ‘कठै बरा !’ भन्ने धेरै निस्के तर मलाई किन यो निर्णय लिन बाध्य भई भनेर एक चोटि मेरो तर्फबाट तटस्थ भएर बुझिदिने मान्छे एक जना सम्म भएन । हुन त मलाइ यी सब कुरको प्रवाह थिएन किनकि यी सबै कुरा मेरा लागि अनपेक्षित थिएनन् र यो सबै थोक सामना गर्नुपर्नेछ भन्ने मानसिक तयारीमा नै मैले यो कदम चालेकी थिएँ ।

केही वर्ष काठमाडौँमा नै बसेर अध्ययन, अध्यापन र लेखनलाई तीव्रता दिएँ । ती पाँच वर्षमा जीवनभरि लेख्न मन लागेका कुरा लेखेँ । बोल्न मन लागेका कुरा बोलेँ । घुम्न मन लागेका सबै ठाउँ घुमेँ- एक्लै । समाज र मान्छेका अड्कल बाजीमा आगोमा घिउ थपिएला भन्ने डरले एक्लै बस्न शुरु गरेपछि मैले बस्ती सरलाई भेट्न छोडिसकेकी थिएँ । यद्यपि हाम्रो फोनमा भलाकुसारी भई रहन्थ्यो।

एक्कासि एक दिन मैले उहाँको श्रीमतीको निधन भएको कुरा सुने । उहाँ अत्यन्त विक्षिप्त अवस्थामा हुनुहुन्छ भन्ने सुनेर म उहाँको घरमा भेट्न गएँ । छोराछोरी काजक्रिया सकाएर विदेश फर्किएपछि त आफन्ती कोही नभएको अवस्थामा बस्ती सर अत्यन्त क्षीण र दयनीय परिस्थितिसँग जुधिरहनु भएको रहेछ। भेट्न जाँदा ´´शकुन्तला मिल्छ भने केही दिन यतै बस्नुस् न हुन्न´´ भन्नु भयो । मैले भने `हेर्नुस सर यो नेपाली समाज हो । कुनै पुरुष र महिला सँगै बस्नु कुनै पनि कोणबाट राम्रो हुँदैन। यहाँ त हरेक सम्बन्धलाई एउटा नाता र सम्बन्धको परिधिभित्र नापेर हेरिन्छ, यहाँ लिङ्ग र रगतले निर्धारण गर्ने सम्बन्ध बाहेक कुनै भावनासँग मात्र सम्बन्धित सम्बन्ध पनि हुन सक्छन् भनेर बुझ्दैनन् मान्छेहरु´ । सरले पनि ढिपी गर्न सक्नु भएन मलाइ । अप्ठेरो पर्न सक्ने कुरामा उहाँ हरदम सजग हुनुहुन्थ्यो । म उहाँको घर एक दुई चोटि काम परेको बेला बाहेक अरू दिन जान सकिन। बेला -बेला बरु उहाँ नै भेट्न आउनुहुन्थ्यो- युनिभर्सिटी तिरै । उमेरले उहाँ साठी हुनु हुन्थ्यो भने म पैँतालिसमा हिँडिरहेकी थिएँ । हामी एक अर्काका अभिन्न साथी भइसकेका थियौ। उहाँ मेरो असल मित्र मात्र हुनुहुन्थेन कि मेरो अभिभावक जस्तो हुनुहुन्थ्यो । हरेक निर्णय लिँदा म उहाँलाई सोध्ने गर्थे । उहाँ पनि दिलो-ज्यानले मेरो रचना र पाण्डुलिपि भ्याइ-नभ्याई पढ्ने गर्नु हुन्थ्यो र `प्रुफ रिडिङ´ गर्नु हुन्थ्यो ।

उहाँले एक्कासि अचम्मको प्रस्ताव राख्नु भयो। “हामि बिहे गरौँ न हुन्न शकुन्तला, यदि मेरो उमेर तिमीलाई वाधा हुँदैन भने ?´´ म एक छिन अवाक् भएँ । भूकम्पले घर भत्केर सर्वाङ्ग एकै चोटि थिचे जस्तै भयो । जालबाट फुस्केको माछो भुङ्रोमा परे जस्तै भयो।


हामी बिच धेरै दर्शनका कुरा हुन्थे। आध्यात्मिक चिन्तन-मन्थन हुन्थ्यो । केही समय पछि उहाँ थोरै बौरनु भयो । एक दिन चौरमा बसेर चिया पिइरहेका थियौ । उहाँले एक्कासि अचम्मको प्रस्ताव राख्नु भयो। “हामि बिहे गरौँ न हुन्न शकुन्तला, यदि मेरो उमेर तिमीलाई वाधा हुँदैन भने ?´´ म एक छिन अवाक् भएँ । भूकम्पले घर भत्केर सर्वाङ्ग एकै चोटि थिचे जस्तै भयो । जालबाट फुस्केको माछो भुङ्रोमा परे जस्तै भयो। म कदापि चाहन्नथें कि फेरि कसैको जिन्दगीमा जोडिऊँ । र, तिनै नमिलेका पुराना हिसाबहरू फेरि नयाँ सूत्रहरू लगाएर मिलाउने प्रयास गरूँ। मलाइ मेरो स्वतन्त्रता र आफ्नै शैलीको जीवन प्रिय थियो ।

कुनै दिन कुनै कुराको शारीरिक या मानसिक अभाव महसुस पनि भएन बितेका पाँच वर्षका एकल जीवनमा । मेरो ओठ तालु सुक्यो । ब्यागबाट बोतल झिकेर घटघट पानी पिएँ- एकै सासमा ।  छेवैको पत्रिका तानेर आफूलाई अक्षरमा अल्झाउने प्रयास गर्न थालेँ । थोरै धड्कन थम्मर भएपछि भने `हेर्नुस सर तपाइले म `डिभोर्सि´ हुँ भनेर त्यस्तो प्रस्ताव राख्नु भएको होला तर अन्यथा नमान्नु होला । म फेरि अर्को कुनै पुरुषसँग जोडिनको लागि एउटा पुरुषसँग छुट्टिएकी होइन । मलाइ मेरो आफ्नो जिन्दगी आफ्नो तरिकाले बाँच्ने इच्छा भएर नै डिभोर्स गरेकी हुँ । म फेरि कसैसँग नयाँ सम्झौता गर्न सक्दिन । अर्को कुरा फेरि यो मन एक भाडाको कोठा जस्तो पनि त हैन, जुन बार-बार भाडा-वाला फेरियोस् र नयाँ -नयाँ सम्झौता गर्न सकियोस्।” म त्यति भनिसकेपछि `मलाइ माफ गर्नुहोला´ भनेर निस्के त्यहाँबाट।

लगभग एक हप्तासम्म न हाम्रो फोनमा बोलचाल भयो, न भेटघाट । एक दिन बस्ती सरले फोन गरेर “शकुन्तला मिल्छ भने एक छिन कतै क्याफेमा बसेर सँगै कफी पिऊँ न ल ।” मैले पनि `नो´ भन्न सकिन, हुन्छ भने। कसैसँग संवाद नगरेको पनि हप्तौँ भइसकेको थियो। हामी बिच धेरै लामो कुराकानी भयो । उहाँले मैले उहाँको प्रस्ताव इन्कार गरेकाले दुखी नभएको तर स्वीकार गरेको भए हाम्रा आउँदा एक्ला दिनहरू सहज हुने कुरा राख्नुभयो। उहाँले एक्लो बुढेसकाल बिताउन कति गाह्रो हुन सक्छ भन्ने देखि महिलालाई एक्लै समाजमा इज्जत साथ बाँच्न कति फलामको च्यूरा चपाउनु सरह हुन्छ भन्ने दृष्टान्त सहित मलाइ सम्झाउनु भयो । बुझाउनु भयो । म सुनिरहेँ तर मेरो निर्णयमा अडिग रहे।

लामो कुराकानी पछि हामी छुट्टियौँ । अब काठमान्डुमा बसिरहेँ भने बस्ती सर म प्रति बढी अपेक्षित हुनसक्ने, बाक्लै भेट्न मन गर्ने कुरामा दुइमत थिएन । हुन त मलाइ पनि उहाँको सामिप्यता न्यानो र आत्मीय लाग्थ्यो तर म कुनै नातामा गाँसिन चाहन्नथे ।  मेरो ठुलो लडाइ आफैसँग थियो । कतै मेरो उहाँप्रति प्रेम- भाव उत्सर्जित नहोस् र मनको सामु मेरो `इगो´ ले घुँडा टेक्न नपरोस् । यही अडानले म देवघाट तिर हानिएँ । एउटा पत्र बस्ती सरको नाम मा मेल गरेँ तर म कहाँ जाँदै छु, किन जाँदेै छु भन्न कुरा भने केही खुलाइन ।

तन्द्रामा हराइरहेको बेला नर्स आएर सोधी “आमा तपाइको आफ्नो मान्छे को हुनुहुन्छ बोलाउनुस् है किनकि तपाईँ हिजो बेहोस अवस्थामा भर्ना गरेपछि हामीले रगतको नमुना लिएका थियौँ र प्रारम्भिक जाँचको रिपोर्ट हेर्दा अरू थप जाँचहरू गर्नु पर्ने देखिन्छ । एउटा `सिटिस्कयान´ र `एम आर आइ´ तुरुन्त गरिहाल्नु पर्ने हुन्छ।´´ नर्स त्यति भनेर हिँडिहाली । म भनेँ मलाइ के भएछ भन्ने कुराले भन्दा पनि पैसाको जोहो कसरी गर्ने अनि को आफन्ती खोजेर ल्याउने होला भन्ने कुराले चिन्तित भएँ ।

म एक छिन अकमक्क पर्दै थिए बस्ती सर बोल्नु भयो `भन्नुस न के गर्नु पर्‍यो, म नै हो उहाँको आफ्नो मान्छे´। यसो भन्दै गर्दा हाम्रा आँखा चार भएका थिए तर म झटपट आँखा अन्तै मोडेँ । अनायास आँखाको कुनाबाट रसिलो केही झर्ला जस्तो भयो । झर्न नदिई आँखा भिजाइरहेँ मात्रै । शीतल महसुस भयो पोलेको आँखाहरू । उहाँ पर्चा बोकेर पैसा तिर्ने काउन्टरतिर लाग्नु भयो । म भनेँ उहाँ गए तिर एकतमासले हेरिरहेँ- एकोहोरो । अब त उहाँ धेरै नै कमजोर भइसक्नु भएको रहेछ । सायद उमेरले सत्तरी पुग्न लाग्नु भो होला । तैपनि उचित खानपान र स्वस्थकर जीवनचर्या र आनिबानिले गर्दा उमेर भन्दा धेरै कम देखिनु हुन्थ्यो।

पैसा तिरेर ल्याबतिर जानलाई मलाई उहाँले डोर्याउदै बिस्तारै लैजाँदै गर्दा मलाई उहाँको हातको पहिलो स्पर्श भर्खर जन्मेको बच्चाले छोएको जस्तो असीम थियो । एक चोटि पुलुक्क हेरेँ । आँखामा असीम प्रेम र अगाध श्रद्धा थियो । उहाँको नजरमा तर नजानिँदो भय आँखा र अनुहारमा ग्रहण झैँ प्रष्ट देखिन्थ्यो । तैपनि मेरो हेराइको प्रतिक्रियामा सुमधुर मुस्कान देखियो । जब सिटि स्क्यानको लागि पुरै लुगा खोल्नु पर्ने भयो, मेरो हातमा सुइँको क्यानुला र सलाइनका कारण लुगा खोल्न असमर्थ थिएँ । उहाँले बिस्तारै चेन्जिङ क्याबिनमा लैजानुभयो । बिस्तारै मेरा सम्पूर्ण लुगा खोल्न थाल्नू भयो म भने त्यस्तै सात-आठ वर्षकी हुँदा आमाले जबरजस्ती नाङ्गै बनाएर नुहाइदिन लाग्दाको क्षण सम्झेर विस्मित भएँ । ठ्याक्कै त्यस्तै उत्तेजना विहीन लज्जा। उहाँले मलाइ गाउन लगाइदिनु भयो, जिउमा भएका घडी, चुरा लगायत सबै गहना फुकालेर आफ्नो कुर्ताको गोजीमा राख्नुभयो। म लाजले अनुहार उठाउन नसक्ने हालतमा थिएँ । देखेँ- उहाँका हातहरू पनि कामिरहेका थिए ।

बिस्तारै मेरा सम्पूर्ण लुगा खोल्न थाल्नू भयो म भने त्यस्तै सात-आठ वर्षकी हुँदा आमाले जबरजस्ती नाङ्गै बनाएर नुहाइदिन लाग्दाको क्षण सम्झेर विस्मित भएँ । ठ्याक्कै त्यस्तै उत्तेजना विहीन लज्जा। उहाँले मलाइ गाउन लगाइदिनु भयो, जिउमा भएका घडी, चुरा लगायत सबै गहना फुकालेर आफ्नो कुर्ताको गोजीमा राख्नुभयो। म लाजले अनुहार उठाउन नसक्ने हालतमा थिएँ । देखेँ- उहाँका हातहरू पनि कामिरहेका थिए ।


रिपोर्ट नआउन्जेल हस्पिटलमै बस्नु पर्ने भो । उहाँ मेरो अत्यन्त चिन्ता गर्न थाल्नुभयो । मेरो यति ख्याल गर्नु हुन्थ्यो कि मानौँ जिन्दगीभरि गर्न नपाएका माया र स्नेह सबै खन्याउन चाहनुहुन्थ्यो । जिन्दगी भरिको बचाइ यही छोटो पलमा समेट्न चाहनुहुन्थ्यो। मलाइ पनि शान्ति मिल्थ्यो- उहाँको सामीप्यले। आमाको काख पश्चातको यदि संसारमा कुनै प्रेम साँच्चीकै हुन्छ भने सायद जिन्दगीको यही क्षणको प्रेम हुँदो रहेछ । पहिलोचोटि मलाई आफू कसैप्रति प्रेममा परेको विश्वास भयो ।

बिहानी राउन्डमा रिपोर्ट लिएर डाक्टरको एक टोली आए । डाक्टरले केही इसाराले बस्ती सरलाई मात्र एकान्तमा कुरा गर्न चाए जस्तो गरे तर म उहाँको मनसाय बुझ्न समय लागेन । मैले बिस्तारै भनेँ, “डाक्टर साब के कुरा हो ? के भएको हो ? मलाइ प्रष्टै भनिदिनु भए हुन्छ म बुझ्ने, सुन्ने र सहने सबै सामर्थ्य राख्दछु ।” मेरो कुरामा कन्फिडेन्स देखेर चिकित्सक टोलीले मुखा-मुख गरे । टोली प्रमुख डाक्टरले मेरो नजिक आएर बिस्तारै भने “आमा हेर्नुस् तपाइलाई `युटेरस क्यान्सर´ भएको छ । त्यो पनि `फोर्थ स्टेजमा´ पुगिसक्या छ । यो अवस्थाको क्यान्सरमा कुनै औषधिले काम नगर्ने हुन्छ । केवल दुखाइ कम गर्ने र सजिलो हुने औषधि मात्रै चलाउँछौँ हामी । तपाईँ अस्पतालमै बस्ने कि घर जाने तपाईँ आफैँ निर्णय गर्न सक्नु हुन्छ । यदि तपाईँ चाहनु हुन्छ भने हामी केमोथेरापी पनि दिन सक्छौ तर तपाइको थोरै समय लम्ब्याउनु बाहेक अरू यसको कुनै अर्थ रहँदैन। बस्ती सरको अनुहारमा कालो बादलले ढाकेको जस्तै भयो उहाँ उठेर झ्यालतिर जानु भयो । सायद आँसु थाम्न गाह्रो भयो र मसँग आँसु छल्ने प्रयासमा झ्यालतिर जानु भएको हो । अलि पछि थोरै सम्हालिए जस्तो भएर भन्नुभयो “हामि घर जान्छौँ डिस्चार्ज पेपर तयार गरिदिनोस् ।´´

डाक्टरको टोली गइसके पछि उहाँले भक्कानिँदै मेरो हात आफ्नो हातमा लिँदै भन्नु भयो “सकु जिन्दगीले तिमीलाई मबाट किन यसरी बार बार खोस्छ ? एक चोटि हराएकी सकुलाई पाएर मैले नयाँ जिन्दगी पाएको थिएँ । अब फेरि तिमीलाई हराउनु ? हे भगवान् ! कुन जुनीको सजाय दिँदैछौ यो ? मृत्युले यदि मेरो सर्त स्विकार्छ भने, म मर्ने थिएँ सकु तिम्रो साटो । म हाँसी हाँसी चितामा जल्थे यदि मेरी सकु हाँसी हाँसी जिउन सक्थिन भने । यसो भन्दै गर्दा उहाँले मेरो हात बेस्सरी च्याप्नु भयो र मेरो हत्केलामा आफ्नो अनुहार लुकाएर बालक जस्तै रुनुभयो । म उहाँका आँसुको भेलले मेरा हत्केला भर्नु बाहेक केही गर्न सकिन ।

एउटा हातले उहाँको काँधमा थप्थपाउदै भने “सर प्लिज यसरी नरुनुस् । म जाने बाटोमा काँडै- काँडा हुन्छन्,हजुरले यसरी आँसु बगाउने हो भने । तपाईँ मलाई बाबु जस्तो लाग्छ तर तपाइले मलाइ जन्म दिनुभएको हैन । तपाईँ मेरो ठुलो दाजु जस्तो लाग्छ तर हामी एउटै कोखका होइनौ । तपाईँ मेरो श्रीमान भन्दा पनि नजिक जस्तो लाग्छ तर हामी बिच शारीरिक कुनै नाता सम्बन्ध छैन । र, यो संसारमा मान्छे किन कुनै न कुनै नाताले जोडिनु पर्दछ? कुनै त्यस्तो पवित्र नाता छैन जसले तपाईँ र मेरो सम्बन्ध परिभाषित गरोस् ? उहाँले मलाइ पुलुक्क हेर्नुभयो र फेरि मेरो हातमै घोप्टो पर्नु भयो र भन्नु भयो “सकु म एक्लै बाँच्न सक्दिन।´´

लगभग एक घण्टा पछि हामी अस्पतालबाट घरतर्फ लाग्यौ । धेरै थरिका औषधी र अब म मर्दै छु भन्ने भएपछि निराशाजन्य मानसिक तनावका कारण म दिन प्रतिदिन कमजोर हुँदै गएँ । उहाँलाई तपाईँ “आफ्नो घर फर्कनुस´´ भनेर धेरै आग्रह, अनुनय-विनय गरेँ तर उहाँ मान्नु भएन ।“म मेरो सकुलाइ यो हालतमा छोडेर कहाँ जान्छु? मिले त म तिमीसँगै चितामा जान्थें ।´´ भन्दै बरबराइरहनु हुन्थ्यो । पछि पछि मैले यस्ता कुरा निकाल्न छोडिसकेकी थिएँ । अब त म गलेर खाना खुवाइदिनुपर्ने, शौचालय लग्दिनुपर्ने अवस्थामा पुगिसकेकी थिएँ। लगभग तीन महिना पछि अब मलाई र उहाँ दुवैलाई लाग्दै थियो कि अब म दुई दिनको पाहुना हो भनेर । त्यसैले होला एक साँझ उहाँले अनौठो व्यवहार गर्नुभयो ।

तपाईँ मलाई बाबु जस्तो लाग्छ तर तपाइले मलाइ जन्म दिनुभएको हैन । तपाईँ मेरो ठुलो दाजु जस्तो लाग्छ तर हामी एउटै कोखका होइनौ । तपाईँ मेरो श्रीमान भन्दा पनि नजिक जस्तो लाग्छ तर हामी बिच शारीरिक कुनै नाता सम्बन्ध छैन । र, यो संसारमा मान्छे किन कुनै न कुनै नाताले जोडिनु पर्दछ? कुनै त्यस्तो पवित्र नाता छैन जसले तपाईँ र मेरो सम्बन्ध परिभाषित गरोस् ?


जब म अन्तिम सास लिँदै थिएँ । उहाँले एउटा इच्छा जाहेर गर्नु भयो “सकु मेरो एउटा इच्छा छ `नो´ भन्दिनौ भने भन्छु।” मैले हस् `नो´ भन्दिन भने मेरो स्वीकृति पश्चात् उहाँले भन्नु भयो `”सकु म तिमीलाई अधिक प्रेम गर्छु, यो जुनीमा तिमी मेरी हुन सकिनौ तर अर्को जुनीमा तिमी मेरै भएर जन्मनेछौ । त्यसको लागि म तिमीलाई आफ्नी बनाएर मात्रै बिदा गर्छु ।” जब पण्डितले बैतर्णि पूजा गरिदिनु भयो भने सजिलोसँग प्राण जान्थ्यो भनेर सुझाउँदै थिए । यता बस्ती जी भने अर्कै धुनमा थिए । जब बैतर्णि गर्न मलाइ शनीमृतुञ्जय मन्दिर लैजाने कुरा हुँदै थियो त्यो भन्दा पहिले उनले मलाई नुहाइदिए। बिस्तारै डोराएर ल्याएर सोफामा राखे । कपाल पुछिदिए । एउटा ब्रीफकेस खोलेर त्यसबाट लुगा र गहना निकाले । मलाइ उभिन आग्रह गरे र जानी -नजानी दोपट्टा लगाइदिए । नाडी भरि चुरा लगाइदिए ।अनुहारमा क्रिम र पाउडर लगाइदिए । ओठमा लिपीस्टिक, आँखामा गाजल लगाइदिए । भित्ताको ऐना लिएर आएर देखाउँदै भने “हेर त मेरी बेहुली सकु कस्ती देखाएकी छौ?

मोबाइल झिकेर एउटा सेल्फी खिचे । म मुस्काउने प्रयास गरेँ । खाडल जस्तै भएका आँखा, शुष्क ओठ, खोपिल्टा परेका गालामा म वास्तवमा खाडलबाट निकालिएकी मुर्दा जस्तै थिएँ । तैपनि मेकअप र रातो दोपट्टामा आफू दुलही जस्तै देखेँ। मलाइ तयार गरिसकेपछि आफू पनि नयाँ कुर्ता फेरेर आए । म एक छिन अक्क न बक्क परेर हेरिरहेँ सपना हो कि बिपना जस्तो भइरहेको थियो ।

मलाइ उनले एक क्षण बल गरेर उभिन आग्रह गरे र आफू घुँडा टेकेर मेरो हात समातेर भने “सकु, विल यु म्यारी मि ?” मेरा आँखाबाट ।आँसुको बाढी बग्न थाल्यो । मैले आँसु पुछ्दै स्विकारोत्तिमा टाउको हल्लाएँ । उनी बुरुक्क उफ्रेर खुसीले मलाइ अँगालोमा लिए र भने “थ्याङक यु सो मच सकु मेरो जीवन पूर्ण भयो।´´ अनि हतारिएर नजिकै रहेको हाते- ब्याग बाट फुलको माला निकाले र पुलकित हुँदै मेरो हातमा माला थम्याउँदै भने “ल सकु आफ्नो दुलाहालाई स्वयंवर गर´´ यति भन्दै गर्दा उनी सत्तरी वर्षका वृद्ध नभई पच्चिस वर्षका नव-जवान जस्तो लागिरहेका थिए भने म आफू पनि मृत्यु सैयामा मृत्युको प्रतीक्षा गरिरहेकी रुग्ण नभई एक कुमारी यौवना जस्तो महसुस गर्दै थिएँ ।

म सकी-नसकी हात उठाएर उनको गलामा माला पहिराएँ ।  माला उनको गलामा छाडे लगत्तै उनलाई दुवै हातको हारले घाँटीमा बेरेँ । सकेसम्मको बल लगाएर उनलाई छातीमा टाँसे । भक्कानो छोडेर छातीमा टाँसिएरै रोएँ । उनले बिस्तारै उनका गलाबाट मेरा हातहरू हटाएर आफूबाट अलग गरे र मेरो गलामा माला पहिराए । त्यसपछि पोते लगाइदिए, सिउँदोमा सिँदुर भरिदिए पछि एउटा औँठी मेरो हातमा दिँदै भने “ल औँठी लगाइदेऊ आफ्नो दुलाहालाई ।´´ म मुस्कुराएर उनको साहिँली औँलामा औँठी छिराएँ । र, उनले मेरोमा । अनि उनले अति हलुकासँग मेरो निधारमा चुमे । फुलले छोए जसरी ओठमा चुम्दै मुस्कुराएर मेरो आँखाको भाव हेर्न खोजे । सायद अझै मनमा कतै डर थियो कि मैले केही भन्छे कि भन्ने। म एकचोटि फेरि आफू नव-बधु भएको महसुस गरेँ । लज्जा-मिश्रित भावले उहाँको अनुहार पुलुक्क हेरेँ र मुस्कुराएँ यतिखेर म दुखी थिएँ या खुसी थिएँ यकिन गर्न सकिन ।

खैर ! एक तमासको डर र कम्पन एकै चोटि जिउमा सलबलायो, आफूलाई कतै कुनै अदृश्य शक्तिले दुईतिर खिचे जस्तो भान भयो र बेसुर भएर उहाँलाई अँगालो हालेँ र बेस्सरी रुँदै भने “आइ डन्ट वान्ट टु डाइ डियर ।´´ उनले मेरो निधारमा चुम्दै भने “आइ लभ यु सो मच एण्ड वन्ट लेट यु डाइ सो सुन´´ म अझ भक्कानिँदै भने “आइ लब यु टु डियर´´। उनले हाँस्दै भने, ” यति जाबो तीनवटा शब्द भन्न पनि दश वर्ष लगायौ प्रिय ?”

एक क्षण अगाडिसम्म मलाई लाग्दै थियो अब केही क्षणमै पहेँलो कात्रोमा बेरिँदै छु । कोही शङ्ख बजाउँदै छन् । पर-पर बाट मलामीहरू आइरहेका छन्। कसैले हरियो बाँस ठिक्क पार्दैछन त कोही गोबरले भुईँ पोत्दै छन् ।यस्तै-यस्तै तर्कना खेलाउँदै निर्जीव जस्तै भई बिस्तारामा पछारिएकी म मा एकाएक स्वस्थ रगत सञ्चार भए जस्तो लाग्यो मानौँ म भित्रको रगत, मासु मुटु, फोक्सो सप्पै फेरिएर नयाँ हालिएको छ । फेरि म कुमारी भएकी छु । मलाइ बिहेको तयारीको लागि सजाइएको छ । दुलाहा जन्तीका लावा-लस्कर लिएर आउँदैछन्। आँगनमा नौमती बाजा बज्दै छ । मानौँ म मधुरात्रीको लागि प्रतीक्षारत छु, कोही बिस्तारै मेरो घुम्टो खोल्दै छ । आफ्नो बहुपासमा समेट्दै छ। लामो समयको आलिंगन म यत्तिकै तेल लगाएर घाममा सुताइदिएको नवजात शिशु जस्तै निदाएछु ।

तन्द्रामाबाट ब्युँझिदा मेरो कपाल उनको आँसुले निथ्रुक्क भिजिसकेको रहेछ । म झन् उहाँको गलामा, सानो दुधे- बालक जसरी आमाको गलामा झुन्डिन्छ त्यसै गरी झुन्डिएँ । मानौँ पछाडिबाट अदृश्य शक्तिले जोड-जोडले तानिरहेछ म भने भाग्न खोजिरहेछु ।

प्रतिक्रिया दिनुहोस्