Logo

सन्दीपको सानदार प्रदर्शनसँगै बार्बाडोसको पहिलो जित



Spread the love

२६ भदौ, काठमाडौं । बार्बाडोस ट्राईडेन्टसले क्यारेवियन प्रिमियर लिगमा पहिलो जित निकालेको छ । विहीबार विहान भएको खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले पराजित गर्दै बार्बाडोसले पहिलो जित निकालेको हो ।

१ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ६८ रन मै समेटियो । उसका लागि लौरी इभान्सले ४१ बलको सामना गर्दै १० चौका र १ छक्का सहित ६४ रन जोड्यो । त्यस्तै , डोमोनिक ड्रक्सले १४ बलको सामना गर्दै ३४ रनमा अविजित रहे पनि टोलीलाई हारबाट बचाउन सकेनन् ।

बार्बाडोसको जितमा सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट हात पारे । आजको खेलमा सन्दीपनै म्यान अफ द म्याच भए । त्यस्तै, कप्तान जोसन होल्डर र हेडेन वाल्शको नममा समान २ विकेट रह्यो ।

टस हारेर पहिले ब्याटिङ थालेको सन्दीप सम्मिलित बार्बाडोस निर्धारित २० ओभरमा दुई विकेटको नोक्सानीमा १८६ रन बनाएको थियो । उसका लागि लेनिको बाउचरले सर्वाधिक अविजित ६२ रन, जोनसन चार्ल्सले ५२ तथा जेपी डुमिनीले अविजित ४३ रन प्रहार गरे। सेन्ट किट्सका रयाद इम्रिट र उसामा मिरले समान १/१ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्