Logo

नादेझ्दा कप : महिला फुटबल टोलीलाई इतिहास रच्ने अवसर



Spread the love

२६ भदौ, काठमाडौं । किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले आज उज्बेकिस्तानको समान गर्दैछ ।खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजे हुनेछ । प्रतियोगितामा नेपाल समूह चरणमा २ खेलमा जित र १ खेलमा हारसँगै फाइनल प्रवेश गरेको हो ।

पहिलो खेलमा नेपालले आयोजक टोलीलाई ८-२ ले पराजित गर्दा दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० को पराजय व्यहोर्यो । अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको थियो । दुवै टोलि उपाधि होडका साथै मैदान उत्रने रणनीति रहेको छ।

प्रतिक्रिया दिनुहोस्