२६ भदौ, काठमाडौं । .नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेल खेलेर स्वदेश फर्किएको छ । बुधबार राति नेपाली टोली विमानस्थल अवतरण गरेको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
मंगलबार नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो । जसमा दुवै गोल अन्जन विष्टले गरेका थिए ।
त्यसअघि नेपालले पहिलो खेलमा कुवेतसँग ७-० को हार भोगेको थियो । अब नेपालले क्यानबेरास्थित जिओ रंगशालामा अक्टोबर १० मा अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्