Logo

चाइनिज ताइपेइविरुद्ध जित हासिल गरेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो



Spread the love

२६ भदौ, काठमाडौं । .नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेल खेलेर स्वदेश फर्किएको छ । बुधबार राति नेपाली टोली विमानस्थल अवतरण गरेको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

मंगलबार नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो । जसमा दुवै गोल अन्जन विष्टले गरेका थिए ।

त्यसअघि नेपालले पहिलो खेलमा कुवेतसँग ७-० को हार भोगेको थियो । अब नेपालले क्यानबेरास्थित जिओ रंगशालामा अक्टोबर १० मा अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्