Logo

विदेशी बुहारीले पनि पीआर पाउनु पर्छ : सांसद नवराज सिलवाल



Spread the love

२६ भदौ, काठमाडौं । बिहीबार पनि नागरिकता विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटाउने प्रयास विफल भएको छ । समितिको बिहीबार बसेको बैठकमा समिति सदस्यहरुबीच वैवाहिक अंगिकृत नागरिकताबारे फरक–फरक धारणा आएसंगै शुक्रबार सम्मका लागि बैठक स्थगित गरिएको हो ।

बैठकमा सदस्यहरुले विदेशी बुहारीलाई ५ बर्षपश्चात मात्रै नागरिकता दिनुपर्ने अडान राखेका थिए । नेपाल कम्युनिष्ट पार्टीका सांसद नवराज सिलवाल यस बारेमा बोल्दै विदेशी बुहारीलाई पीआरका आधारमा राजनीतिक बाहेक अन्य अधिकार दिन सकिने बताए ।

‘संसारका अरु देशमध्ये नेपाल नारिकताको विषयमा धेरै उदार देखियो । वैवाहिक अंगिकृत नागरिकताका सवालमा विहे गरेर आउने विदेशी बुहारीलाई पनि पीआरको व्यवस्था गरौ र त्यसैका आधारमा अरु अधिकार दिने व्यवस्था गरौ’ सांसद सिलवालको भनाई रहेको थियो ।

त्यस्तै बिहीबारको छलफलमा भाग लिदै नेकपाका अर्का सांसद जनार्दन शर्माले नागरिकता विधेयमा सरकारलाई भाषा मिलाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्