Logo

सन्दीपले आगामी संस्करणको विग ब्यास पनि मेलवर्न स्टार्सबाटै खेल्ने



Spread the love

२६ भदौ, काठमाडौं । आगामी संस्करणको विग ब्यास नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मेलवर्न स्टार्सबाटै खेल्ने भएका छन् । सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले सन्दीप मेलबर्न स्टार्सबाटनै विग ब्यास खेल्ने पक्का भएको जानकारी दिएका हुन् । तर, सम्झौंता भने हुन बाँकी छ ।

गत वर्षको विग ब्यासमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै ८ खेलमा ११ विकेट हात पारेका थिए । स्टार्सलाई फाइनलसम्म पुर्याउन सन्दीपको भूमिका निक्कै अहम रह्यो थियो ।

गत वर्ष विग ब्यास खेल्दा खेल्दै सन्दीप बिचमै छोडेर बंगलादेश प्रिमियर लिग खेल्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्