Logo

कांग्रेस सांसदद्वारा स्वास्थ्यमन्त्रीको राजीनामाको माग



Spread the love

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । डेंगु नियन्त्रण गर्न नसकेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् ।

‘मन्त्री स्वयं डेंगुको रोगले अस्पतालमा रहँदा ३ हजार जनता डेंगुबाट ग्रसित भएका छन् । तर सरकार भने मौन छ । म यसमा घोर आपत्ति जनाउँदै देशलाई तत्काल संकटकाल घोषणा गरेर अघि बढाउनुका साथै स्वास्थ्यमन्त्रीको तत्काल राजीनामा माग गर्दछु’ सांसद गौतमले भनेका थिए ।

‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो बेलामा चुप लागेर बसेर हुँदैन’ उनले भने ‘शासन गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु’।

प्रतिक्रिया दिनुहोस्