२६ भदौ, रौतहट। रौतहटको राजपुर नगरपालिका ८ कुडियाबजारमा फेरि झडप भएको छ। प्रहरीले झडपका क्रममा २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर गरेको छ ।
कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमाथि ढुंगामुढा प्रहार भएको छ ।
यही विवादमा बुधबार साँझ पनि झपड हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास सहित २९ राउन्ड हवाई फायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्