Logo

कप्तान अंशुमानले हङकङ क्रिकेट टोलीबाट क्रिकेट नखेल्ने



Spread the love

२६ भदौ, काठमाडौं । हङकङ क्रिकेट टोलीका कप्तान अंशुमान रथले हङकङबाट खेल नखेल्ने भएका छन् । इमार्जिङ क्रिकेटका अनुसार अंशुमान अब हङकङको राष्ट्रिय जर्सीमा देखिने छैनन् ।

२०२० मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको लागि हङकङले टोलीको घोषणा गर्दा रथ छैनन् । उनले १८ एक दिवसीय खेल खेलेका छन् । त्यस्तै, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले २० खेल खेलेका छन्।

भारतीय खेलाडी अंशुमान रथले अब भारतीय क्रिकेटर भएर खेल्ने चाहना रहेको बताएका छन् । त्यस्तै, आफुलाई यो स्थानसम्म ल्याएको भन्दै खेलाडी, टिम, स्टाफ सबैलाई धन्यवाद ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्