Logo

नादेझ्दा कप : नेपालका लागि सावित्राको गोल, खेल ३ -१ को अवस्थामा



Spread the love

२६ भदौ, काठमाडौं । नादेझ्दा कप महिला फुटलब प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानविरुद्ध नेपालले एक गोल फर्काएको छ।

नेपाल ३ -० ले पछाडी परेको अवस्थामा नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले गोल फर्काएकी हुन्। प्रतियोगितामा सावित्राको यो साताैं गोल हो।

३९औं मिनेटमा काराचिक ल्युडमिलाले गोल गर्दै उज्वेकिस्तालाई अग्रता दिलाएकी थिइन्। यसअघि ५५औं मिनेटमा २ दोस्रो गोल खाएको नेपाली रक्षापं‌क्तिमा सम्हालिन नसक्दा त्यसकाे ९ मिनेट नबित्दै तेस्रो गोल खाएको थियो।

प्रतिक्रिया दिनुहोस्