Logo

२१ वर्षपछि कानुनको फन्दामा फरार अभियुक्त



Spread the love

२७ भाद्र, उदयपुर – महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट चार वर्ष कैद सजाय पाएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४३ वर्षीय हरिनारायण सदालाई २१ वर्षपछि पक्राउ गरिएको छ ।

सिरहाको लहानमा लुकीछिपी बस्दै आएका सदालाई उदयपुरबाट गएका सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक मदनकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको हो । सदालाई जिल्ला कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । सदा विसं २०५२ मा एक महिलालाई त्रियुगा नदीको पुलमा जबरजस्ती करणी गरी फरार रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्