Logo

प्रदेश विकासमा सरकार संवेदनशील छ : मन्त्री भण्डारी



Spread the love

२७ भदौं, काठमाडौँ l कर्णालीको विकासमा सरकार संवेदनशील रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् ।

कर्णाली प्रदेशसभाको बिहीबार बसेको २८औँ बैठकमा सहभागिता जनाउँदै यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार अनवरत लागि परेको बताएका हुन् l

मन्त्री भण्डारीले भने, “प्रदेश सरकारले निर्दिष्ट योजनाको गन्तव्यमा पुग्न भरमग्दुर प्रयास गरिरहेका छ l सरकारले गत आव यस प्रदेशका बाढीपीडितहरुको व्यवस्थापन गर्नुका साथै जोखिममा परेका यहाँका महिला तथा पुरुषहरूलाई हेलिकप्टरबाट उद्धारका राहत वितरण गरेको थियो ।”

मन्त्री भण्डारीले कर्णाली राजमार्गको दुर्दशाका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाउँदै भने, “यो राजमार्गमा धेरै पुल अझै बनेका छैनन् । पुल निर्माणमा गैरजिम्मेवार बन्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारवाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्छौँ ।”

मन्त्री भण्डारीले सोही सन्दर्भमा प्रदेश प्रहरी गठन भएपछि मदिरा नियन्त्रणका लागि पनि विशेष किसिमको योजना कार्यान्वयनमा ल्याउने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्