Logo

स्मिथ अर्को नयाँ विश्व कीर्तिमान नजिक!



Spread the love

२७ भदौ, काठमाडौं । अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ अर्को नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन् । जारी एसेज सिरिजमा सानदार प्रर्दशन गरेका स्मिथले अन्तिम टेष्टमा त्यहि लयलाई निरन्तरता दिने हो भने ७३ वर्ष पुरानो रेकर्ड तोडिने छ ।

अन्तिम टेष्टमा इंग्ल्यान्डविरुद्ध स्मिथले १ सय ३० रन बनाउन सके सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने ब्याट्सम्यान बन्दै ७३ वर्ष पुरानो रेकर्ड तोड्न सफल हुनेछन् । यो रेकर्ड इंग्ल्यान्डका वैली हैमन्डको नाममा छ । जुन हालसम्म कसैले पनि तोड्न सकेको छैन । तर स्मिथले यो रेकर्ड तोड्न सक्छन् ।

स्मिथले ६७ खेलबाट १ सय २२ इनिङमा कुल ६ हजार ८ सय ७० रन बनाइसकेका छन् । उनले एसेज सिरिजमा तोड्न नसके पनि अन्य खेलमा तोड्न सक्ने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्