Logo

बाँके घटनाबारे काँग्रेसलाई गृहमन्त्रीको जवाफ : “यो कुनै राजनीतिक घटना होइन”



Spread the love

२७ भदौं, काठमाडौँ l बाँकेमा काँग्रेसको कार्यक्रममा भएको घटनाको अनुसन्धान चलिरहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

आज बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकमा सहभागिता जनाउँदै गृहमन्त्री थापाले दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरामा भएको घटनामा संलग्न तिन जनालाई पक्राउ गरिसकेको जानकारी दिए ।

उक्त बैठकमा काँग्रेस सांसद डिला संग्रौलाले दलहरूले शान्तिपूर्ण रूपमा काम गर्न पाउने संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप भएको बताउँदै जवाफ मागेकी थिइन् ।

उनले त्यहाँ रहेको प्रशासनले समेत समयमा सुरक्षा दिन नसकेको भन्दै आक्रोश पोखिन् । सांसद संग्रौलाको जवाफमा गृहमन्त्री थापाले भने, ‘दोषीलाई हामी आवश्यक कारबाही गर्छौ, यसलाई राजनीतिक घटनाका रूपमा नलिनुस‍्, राजनीतिक घटना होइन ।’ बाँके घटनामा काँग्रेस जिल्ला सभापति किरण कोइराला घाइते भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्