Logo

पार्टीका कार्यकर्तालाई एकताबद्ध भएर पार्टीका कार्यमा लाग्न नेता रावलको आग्रह



Spread the love

२७ भदौं,  कैलाली । पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टीका कार्यमा लाग्न नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले आग्रह गरेका छन् l

आज नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै नेता रावलले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह कमिटीको टुङ्गो लागेको बताउँदै उनले भने, ‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ l अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।’

जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका कार्यमा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान नेता रावलले आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्