Logo

सिजनको सुरुवातमै रियललाई चोटको पिरलो



Spread the love

२७ भदौ, काठमाडौं । सिजनको सुरुवातमै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई चोटको समस्याले सताएको छ । चोटका कारण मिडफिल्डमा जिदानका मुख्य खेलाडी बाहिरिने भएका छन् ।

लुका मोड्रीच मांशपेशीको समस्याले गर्दा १५ दिन मैदानबाहिर रहने भएपछि सम्भवत उनले कम्तिमा २ खेल गुमाउने भएको छ । रियलले लिग अन्तर्गत खेलमा लेभान्ते र पीएसजीसंग प्रतिस्पर्धा गर्दैछ । मोड्रीचको अनुपस्थितिपश्चात जिदानलाई मिडफिल्ड छनोट गर्न निकै कठिन भएको छ ।

अझैपनि इस्को चोटका कारण विश्राममा रहेका छन् भने हामेस रोड्रीग्वेज पुनरागमन गर्ने तयारीमा जुटेका छन् । यस खेलमा रियलका लागि ग्यारेथ बेल उपलब्ध हुने छैनन् । उनी भिल्लारियलविरुद्धको खेलमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । लामो समयका लागि मार्को एसेन्सियो पनि उपलब्ध छैनन् ।

प्रतिक्रिया दिनुहोस्