Logo

प्रेम भनेको के हो? तपाईँले कस्तो प्रेम गरिरहनुभएको छ?



Spread the love

प्रेम शब्द आफैमा एउटा यस्तो चिज हो, जसलाई नत देख्न सकिन्छ नत छुन नै, प्रेममा सकिन्छ त बस महसुस गर्न l जसमा भावनाका साथ साथै अनुभव पनि समावेश हुन्छ l जब मानिसहरू प्रेममा पर्छन् तब उनीहरू सोच्ने गर्छन् कि यस संसार नै उनीहरूको बहसमा छ l प्रेममा परेका व्यक्तिहरूलाई यस्तो पनि लाग्ने गर्छ, मानौं उसको चारैतिर मात्र प्रेम छ । तर के तपाईँले कहिल्यै यो सोच्नु भएको छ? तपाईँले कस्तो प्रेम गरिरहनु भएको छ? यदि सोच्नु भएको छैन भने थाहा पाउनुहोस् तपाइको प्रेम सम्बन्धबारे l जसलाई तल प्रस्तुत गरिएको छ l

स्वार्थी प्रेम :
यदि तपाईँले कसैसँग आफ्नो स्वार्थका लागी मात्र प्रेम गाँस्नु भएको छ भने थाहा पाउनुहोस् l त्यो प्रेम स्वार्थ छ l जहाँ धोका हुने सम्भावना अधिकांश मात्रामा छ l यस्तो प्रेम झुक्किएर पनि गर्ने बानी नबसाल्नुहोस् l

एकतर्फी प्रेम :
आफूले प्रेम गरेको व्यक्तिलाई थाहै नदिई गरिने यस किसिमको प्रेमलाई एकतर्फी प्रेम भनिन्छ l जहाँ पीडाको अलावा अरू केही पाइँदैन । यस्तो प्रेम गर्ने व्यक्तिलाई अक्सर साहित्यकारको नाम पनि दिइने गरिन्छ l

निस्स्वार्थ प्रेम :
यदि तपाईँ कुनै एक व्यक्तिको प्रेममा पर्नु भएको छ र उसैलाई मात्र माया गर्नु हुन्छ वा उसको हरेक सुख दुखमा साथ दिनुहुन्छ भने यस किसिमको प्रेमलाई निस्स्वार्थ प्रेमले चिनिने गरिन्छ l जहाँ मात्र प्रेम समावेश हुन्छ न कि धोका l यस किसिमको प्रेमले खुसी दिने गर्दछ l

खाली प्रेम :
जब कुनै जोडी प्रेममा परेपछि पश्चाताप, दुख या पीडामा हुन्छन् तब यस किसिमको प्रेमलाई खाली प्रेम भनिन्छ l यस्तो प्रेम विशेष गरी विवाहित जोडीहरूमा हुन्छ, जो एक अर्काप्रति समर्पित हुँदैनन् ।

रोमान्टिक प्रेम :
यदि तपाईँलाई स्वयंले प्रेम गरेको व्यक्तिको सामु गई आफ्नो प्रेम प्रदर्शन गर्न मन लाग्छ वा सधैभ उनकै नजिक हुन् मनपर्छ भने यस किसिमको प्रेमलाई रोमान्टिक प्रेमको संज्ञा दिने गरिन्छ । यस प्रकारको प्रेममा परेका जोडीहरू एक अर्काका विना बाँच्न नै नसक्ने पनि हुन्छन् l

लंगटर्म प्रेम :
यदि तपाईँ प्रेम सम्बन्धमा हुनुहुन्छ र सोही सम्बन्धलाई लामो समयसम्म कायम नै राखी रहनु हुन्छ भने यस किसिमको प्रेमलाई लंगटर्म प्रेम भनिन्छ l अधिकांश यस्तो प्रेम विवाहमा गएर परिणत हुने गर्छ l

चंचल प्रेम :
विशेष गरी यस किसिमको प्रेम बचपनमा हुने गर्छ । तर कतिपयलाई भने किशोरावस्थामा पनि चंचल प्रेम हुन्छ । यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर वा फ्लर्ट गरेर सुरु हुने गर्दछ l

प्रेमिल प्रेम :
यस किसिमको प्रेम बढी नै भावनात्मक हुन्छ । यस्तो प्रेम तपाईँले आफ्नो साथीभाइसँग बढी गर्नुहुन्छ l साथित्व निर्वाह गर्ने प्रेमलाई नै प्रेमिल प्रेम भनिने गरिन्छ l यस्तो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन ।

प्रतिक्रिया दिनुहोस्