Logo

चोटपश्चात बार्सिलोनामा सुआरेज र मेस्सीको पुनरागमन



Spread the love


२७ भदौ, काठमाडौं । यस सिजन लिगको सुरुवातमा क्याटलान क्लब बार्सिलोनाले सोचेअनुरुपको प्रदर्शन भने खासै गर्न सकेको छैन । क्लबले टोलीका दुई मुख्य खेलाडी लिओनेल मेस्सी र लुइस सुआरेजको अनुपस्थितिमा निकै कठिनाइ व्यहोर्नु परेको छ ।

यसै सिजन मात्र बार्सिलोनामा अनुबन्धित भएका एन्टोइन ग्रिजमनले केहि हदसम्म आक्रमण सम्हाल्ने प्रयास गरेता पनि उनले राम्रो साथ भने पाउन सकेका छैन । यसै साता लिगअन्तर्गत बार्सिलोनाले भ्यालेन्सियासंग प्रतिस्पर्धा गर्दैछ ।

उक्त खेलमा सुआरेजको भने उपस्थित रहने सम्भावना प्रबल देखिएको छ । सुआरेजले यस साता पूर्ण रुपमा प्रशिक्षण सुरु गरेका छन् । त्यस्तै , अर्का फरवार्ड ओस्मान डेम्बेले पनि चोटबाट फर्कने तयारीमा छन् ।

सुआरेज प्रशिक्षणमा फर्कंदा मेस्सी भने अझै यस साताको लिग खेलका लागि तयार नहुने पक्का भएको छ । उनी अझै पूर्ण रुपमा प्रशिक्षणमा आएका छैनन् । यदि मेस्सी उक्त खेलका लागि पनि फिट भएनन् भने सेप्टेम्बर २१ मा ग्रानडाविरुद्धको खेलमा पुनरागमन गर्नेछन् ।

सुरुवाती ३ खेलमा नै बार्सिलोनाले ५ अंक गुमाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्