Logo

महिलाहरूको आर्थिकस्तर बढाउन सकिए, मुलुकको विकास हुन्छ : अर्थमन्त्री खतिवडा



Spread the love

२७ भदौं, काठमाडौँ l महिला अधिकारका संरक्षणको लागि दक्षिण एसियाली महिलाहरूको प्रतिबद्धता आवश्यक रहेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् ।

आज काठमाडौँमा दक्षिण एसियाली महिला विकास मञ्चले आयोजना गरेको दक्षिण एसियाली महिलाहरूको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले राजनीतिक, आर्थिक, सामाजिक समानताबाट मात्र महिला अधिकार सुदृढ हुने बताएका हुन् ।

महिलाहरूको आर्थिकस्तर बढाउन सकिए परिवार, समाज र मुलुकको विकास हुने अर्थमन्त्री खतिवडाको भनाई थियो ।

अर्थमन्त्री खतिवडाले सरकार महिलाहरूको अधिकार र सशक्तिकरणका लागि सचेत रहेको बताउँदै ग्रामीण क्षेत्रका महिलाहरूको शसक्तिकरणमा जोड दिने पनि बताए l

अर्थमन्त्री खतिवडाले महिलाहरूको हक, हितको लागि कानुनी रूपमा संविधानले व्यवस्था गरेको बताउँदै शैक्षिक रूपमा महिलाहरूलाई अगाडी बढाउनु पर्ने भन्दै पुरुष र महिलाबीचको विभेद हटे मात्र मुलुकको विकास सम्भव हुने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्