Logo

के तपाईलाई पैतला पोल्ने समस्या छ ? अपनाउनुहोस् यी घरेलु उपाय



Spread the love

पैतलाले शरीरको सम्पूर्ण भार थेग्ने गर्छ र हामी त्यसैले हिँड्न वा उभिन सक्छौं । यस्तो गाह्रो कार्य गर्ने पैतलामा शरीरका अन्यत्र भागभन्दा साना वा सुक्ष्म खालका हड्डी हुन्छन र साथै जोर्नीको संख्या पनि धेरै हुन्छ ।

गर्मी बढ्नसाथ धेरैलाई पैतला पोल्ने समस्याले सताउँछ। यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि समस्या निम्त्याउँछ ।

पैतला पोल्नुका कारण :

-शरीरमा भिटामिन ‘बी’ वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने गर्दछ ।

-उच्च रक्तचाप भएकालाई पनि पैतला पोल्ने समस्या हुन्छ।

-मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ।

-थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ।

घरेलु उपचार:
-बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ ।
-मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ।
-शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।
-लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्