Logo

जोडले हाँस्दा चिउँडो नै बाहिर आएपछि ….!



Spread the love

हामीलाई थाहा छ, हाँस्नु पनि जीवनको एक अहम् हिस्सा हो l जसले गर्दा मानिसलाई हँसिलो देखाउनका साथै स्वस्थ राख्न पनि मदत गर्दछ l

तर चीनकी एक निवासी महिलालाई सोही हाँसो नै एक अभिशाप बनेको छ l गुआन्गझूको दक्षिण रेलवे स्टेशनमा ट्रेनमा सवार गरिरहेकी एक महिला खुल्लेर हाँस्दा चिउँडो नै बाहिर निस्किएको छ ।

तर सोही रेलमा सवार रहेका डाक्टर लियो वेशेन्गले तुरुन्त उनको चिउँडो ठिक गरिदिएका थिए ।

जब ती महिला ठिक भइन् तब उनले आफूसँग यस्तो घटना पहिले पनि भएको बताएकी छन् l जब उनी गर्भवती थिइन् तब बान्ता गर्ने क्रममा पनि उनको चिउँडो बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्