Logo

डुङ्गा दुर्घटना हुँदा एघार जनाको मृत्यु



Spread the love

२७ भदौ, नयाँ दिल्ली । भारतको मध्यप्रदेशमा एक डुङ्गा दुर्घटना हुँदा एघार जनाको मृत्यु भएको छ । शुक्रबार भोपालको खाटलापुरा घाटमा भगवान गणेशको मूर्तिहरू विसर्जनमा सहभागी हुन गएका १६ व्यक्ति सवार डुङ्गा दुर्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

प्रहरीका अनसुार यस डुङ्गामा सवार पाँच व्यक्तिलाई जिवितै उद्धार गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्