Logo

नेपाली काँग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : अध्यक्ष थापा



Spread the love

२७ भदौं, काठमाडौँ l नेपाली काँग्रेस बाँकेका जिल्ला सभापतिमाथि भएको साँघातिक हमलाको भर्त्सना राप्रपाका अध्यक्ष कमल थापाले गरेका छन् ।

अध्यक्ष थापाले आज ट्वीट गर्दै बाँके काँग्रेसका सभापति किरण कोइरालामाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई छिटो भन्दा छिटो कारबाही गर्न सरकारसँग माग गरेका हुन् l

नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गर्दा सभापति काेइरालाको हात भाँचिएको थियो भने केही कार्यकर्ता घाइते पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्