Logo

पहिरोले जीप पुरिँदा एकको मृत्यु



Spread the love

२७ भाद्र, पाल्पा – पाल्पामा पहिरो झरेर जीप पुरिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नं को जीप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नं को स्कारपियो पहिराले पुरिएका हुन् ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २६ वर्षीय कमल परियार रहेको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । सो दुर्घटनामा तिलोत्तमा–२ का ३१ वर्षीय ललित मल्ल र वडा नं ९ का २२ वर्षीय प्रेम सुनार, बुटवल उपमहानगरपालिका–२ का २० वर्षीय मिलन शाह तथा वडा नं १२ का नरेन्द्र हमाल घाइते भएका छन् । पहिरो हटाइएपछि अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्