Logo

अस्पतालमा आगो लाग्यो, १० जनाले गुमाए ज्यान



Spread the love

२७ भाद्र, रियो दि जेनेरियो – ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको आगलागीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार राति आगलागी भएपछि अन्य विरामीलाई अन्यत्र सारिएको छ ।

“आगलागीको घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ,” रियो दि जेनेरियो अग्नि विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।वक्तव्य अनुसार आगलागी भएको अस्पतालका विरामीहरूलाई उत्तरी सहरमा रहेको बादिम अस्पतालमा लगिएको छ ।

अस्पतालको पुरानो भवनमा रहेको जेनेरेटरमा आएको समस्याका कारण आगलागी भएको प्रारम्भिक विवरण आएको छ ।

आगालागीबाट पीडित हुनेमा अस्पतालमा रहेका विरामी र कामदार रहेका छन् । घाइते भएका मध्ये ९० जनालाई विभिन्न अस्पतालहरूमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्