Logo

काठमाडाैँको डान्सबारमा आगलागी…



२७ भाद्र, काठमाडाैँ – काठमाडौँ महानगरपालिका–२६ सात घुम्तीस्थित रञ्जन न्यौपानेको डान्सबारमा विद्युत् चुहिएर आज आगलागी भएको छ । आगलागीबाट डान्सबारको झण्डै रु दुई लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

यसैबीच काठमाडौँबाट अपहरणमा परेका व्यक्तिलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी एल्ली गुरुङलाई बिहीबार अपहरण गरी रु दुई लाख ५० हजार फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न सफल भएको सहप्रवक्ता जोशीले बताए ।

पक्राउ पर्नेमा नुवाकोटका मिलन राई, काभ्रेका विनेश पहरी, सिन्धुपाल्चोकका दिनेश लामा र काठमाडौँका सुशील उप्रेती छन् । उनीहरुले गुरुङलाई अपहरण गरी हङ्गेरी फुडल्याण्ड एण्ड क्याफेमा पुर्याएर फिरौती मागेको थिए ।

उक्त सूचना आउने बित्तिकै महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्