Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५५७,५६९
संक्रमित
१२,३९७,९५९
निको भएका
७,२२७,११२
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१६६४९
निको भएका
८०११

खोप लगाएर मृत्यु भएकाको परिवारले पायो राहत



२७ भाद्र, काठमाडाैँ – पूर्वीचौकी गाउँपालिका वडा नं ५ (साबिकको काडामाण्डौं गाविस) मा विसं २०६९ सालमा दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका चार बालबालिकाका परिवारले राहत पाएका छन् । खोपमा असावधानीका कारण ती बालबालिकाको मृत्यु भएको थियो । मृत्यु भएको आठ वर्षपछि उनीहरुका परिवारले बल्ल आएर राहत पाएका हुन् ।

खोपका कारणले मृत्यु भएका बालबालिकाका परिवारलाई सर्वाेच्च अदालतले खोप लगाएपछि मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु दश÷दश लाख दिन विसं २०७५ असार १४ गते नेपाल सरकारलाई आदेश दिएको थियो । अदालतको आदेशपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत पीडित बालबालिकाका अभिभावकको खातामा उक्त रकम जम्मा गराएको हो ।

मन्त्रालयले मदन भण्डारी फाउण्डेशनका अध्यक्ष लक्ष्मण मलासीमार्फत चार जनाको रु दश लाखका दरले रु ४० लाखको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको हो । प्राप्त रकम बैङ्क खातामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।

विसं २०६९ मा दादुराविरुद्धको खोप लगाएलगत्तै बालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको मृत्यु भएको थियो । ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको विकका बुवा हरिभक्तले बताए । उनले भने, “हामीले धेरै पटक सबैसँग आग्रह गर्यौँ तर राहत पाउन सकेका थिएनौँ, अहिले पायौँ खुशी छौँ । ”

प्रतिक्रिया दिनुहोस्