Logo

विप्लव समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रा पक्राउ !



Spread the love

२८ भदौ, बारा । विप्लव समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रा पक्राउ परेका छन् । राजन गिरी भनेर चिनिने मिश्रालाई बाराको परवानीपुर-४ श्रीपुरबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

बाराका एसपी विकासराज खनालका अनुसार, मिश्रालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

जिल्लामा ठूलो घटना गराउने योजना बनाइरहेको अवस्थामा मिश्रालाई पक्राउ गरिएको बाराका प्रहरी अधिकारीहरुले जानकारी दिए । उनी प्रहरी अधिकारीहरुका अनुसार, मिश्रा पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र उनीमाथि बिभिन्न मुद्दाहरु पनि रहेकाले पक्राउ गर्नु परेको हो ।

मिश्रामाथि भारतीय नम्बर प्लेटका गाडी आगजनी गरेको, व्यवसायीलाई चन्दाका लागि धम्क्याएको आरोप छ । मिश्रामाथि हत्या, डाँका, फिरौती, चन्दा आतंकलगायतका आधा दर्जनभन्दा बढी मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्