Logo

१६ महिनापछि गोरखा दरबारमा राखियो मूलढोका



Spread the love

२८ भदौ, गोरखा । पुनःनिर्माण शुरु भएको १६ महीनापछि शुक्रबार, ऐतिहासिक गोरखा दरबारमा मूलढोका राखिएको छ । दरबारमा पुरानै संरचनाअनुसार विधिपूवर्क परम्परागत शैलीको मूलढोका राखिएको हो ।

 

गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलका अनुसार, आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने काम सकिएको हो

गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलका अनुसार, आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने काम सकिएको हो ।

लामो समयदेखि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ भइरहेको दरबारको पुनःनिर्माणले अहिले गति लिएको छ । भुईंतलामा रहने थामहरु राख्ने काम यसअघि नै सकिएको छ ।

कम्पनीले सम्झौता भएको दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने गरी पुरातत्व विभागसँग ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार कम्पनीले करिब १७ महिनाभित्र मन्दिर पुनःनिर्माण सक्नुपर्ने गरी सम्झौता भएको हो । वि.सं. २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएर २०७५ को वैशाख ७ गतेदेखि विशेष साइत निकालेर दरबारको जग पूजा गरी पुनःनिर्माण शुरु भएको थियो ।

पचली सिभाको जेभी कन्स्ट्रकसन प्रालिका प्रतिनिधि उज्वल श्रेष्ठका अनुसार, आउँदो दशैँअघिसम्ममा दरबारको पहिलो तला छाप्ने काम पुरा गरिनेछ । “भुईँतलालाई आवश्यक थप पाँच ढोका र आँखीझ्याल जडानको काम भइरहेको छ, काठको काम सकिएपछि गारोको काम सक्न धेरै समय लाग्दैन”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्