Logo

गणेश भगवानको प्रतिमा बिसर्जन बन्यो मृत्युको कारण !



Spread the love

२७ भदौ, भारत ।  गणेशजीको प्रतिमा स्थापना गर्ने र त्यसलाई बिसर्जन गर्ने परम्परा भारतमा अहिले मृत्युको कारण बनेको छ ।

भारतीय मिडियाहरुका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा ४० जना बढीले गणेशजीको प्रतिमा बिसर्जनका क्रममा ज्यान गुमाएका छन् । गत शुक्रबार समापन भएको गणेशोत्सवमा राजधानी दिल्ली, मध्य प्रदेश, महाराष्ट्र र उत्तर प्रदेशमा ४० बढीले ज्यान गुमाएका हुन् ।

राजधानी दिल्लीको यमुना नदीमा नुहाउने जिद्दि गर्दा ४ जना कलेजका विद्यार्थीको ज्यान गएको छ । शुक्रबार दिल्लीमा दुई जना युवा र दुई युवतीले ज्यान गुमाएका हुन् । यिनीहरु दिल्ली विश्वविद्यालयका छात्रछात्रा थिए । गोताखोरहरुले चारैजनाको शव बरामद गरेका छन् । प्रहरीका अनुसार, सात जना विद्यार्थी गणेश बिसर्जनका लागि अलिपुरस्थित पल्ला गाउँमा रहेको यमुना नदीमा आएका थिए ।

त्यहाँ, बिसर्जनको अनुमति थिएन । तर यी सबै स्वयमसेवकसँग झगडा गरेपछि अर्को ठाउँमा नुहाउन आए । यही क्रममा एकजना विद्यार्थी पार्वतीको खुट्टा चिप्लिएर नदीमा खसेपछि उसलाई जोगाउन पिंकीले हात समातिन् । दुबै डुब्न थालेपछि उमेर र निकितले बचाउन खोज्दा उनीहरु पनि पानीमैं डुबे ।

यसअघि भोपालमा डुंगा पल्टिएर ११ जनाको मृत्यु भएको थियो यो घटनामा एकजना १२ ।वर्षीय बच्चा पनि समावेश थिए ।

प्रतिक्रिया दिनुहोस्