Logo

बाँके घटनाबारे गृहमन्त्रीले बुझे कांग्रेसको ज्ञापनपत्र



Spread the love

२८ भदौ, काठमाडौं । बाँकेकि कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाउदै  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कांग्रेसको ज्ञापनपत्र बुझेका छन् ।

घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने छौ भन्दै नहुनु पर्ने घटना भएको र दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउदै गृहमन्त्री थापाले, नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले शनिबार बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझेका छन् ।

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारबाही हुने बताए । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा भएको आक्रमणमा बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए । कोइरालाको हात भाँचिएपछि उनका छोराले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग गरेको परिवारको आरोप छ ।

यस घटनालाई लिएर कांग्रेसले विरोध प्रदर्शनका कार्यक्रमहरु समेत घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्