Logo

घुस दिदा बस चालक पक्राउ !



Spread the love

२८ भदौ, काठमाडौं । घुस दिन खोज्दा साँखु–रत्नपार्क चल्ने बसका चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बस चालक सुकुराम तामाङ रहेका छन् । मापसेमा परेका चालक तामाङले आफुलाई कारवाही नगर्न प्रहरीलाई घुस दिन खोजेपछि साँखु प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले साँखु नगरपालिका–६ स्थित सडकमा २७ गते राती १० बजे चेकिङ गरिरहेको अवस्थामा मापसे गरेर बस चलाएका तामाङले प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोजेका थिए ।

मापसे सेवन गरेर अनियन्त्रित रुपमा बा४ख ७२३६ नम्बरको बस चलाएका तामाङले आफूलाई छाडिदिन भन्दै प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई नै ५०० रुपैयाँ घुस रकम दिन खोजको पन्थीले जानकारी दिए ।

सार्वजनिक यातायातमा मादक पदार्थ सेवन गरेर बस चलाउने र प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने जो कोहीलाई पनि नछाड्ने इन्सपेक्टर पन्थीको भनाइ छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्