Logo

दरिन्द्रबाट कसरी पाउने छुटकारा? भगवान् कृष्णले युधिष्ठिरलाई दिएको उपाय के थियो?



Spread the love

हिन्दु धर्म शास्त्रका अनुसार भगवान् श्री कृष्णलाई भगवान् विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । भगवान् श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा सहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ l भगवान् कृष्णको जीवनमा दम्भ, अहंकार र अनिर्णयताको सानो गन्ध पनि कहीँ पाइँदैन । किनकि उनी हमेशा अन्य मानिसहरूलाई सहयोग गर्नका साथ साथै अरूको भलो पनि चाहने गर्थे l त्यस्तै महाभारत अनुसार, एक चोटि भगवान् कृष्णलाई जेठा पाण्डव युधिष्ठिरले सोधेका थिए, ‘घरमा सधैँ सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’ भगवान् कृष्णले युधिष्ठिरको यस प्रश्नको जवाफमा केही यस्तो वस्तु घरमा राखेमा कहिल्यै पनि दरिन्द्र नआउने र घरमा सधैँ सुख समृद्धि हुने बताएका थिए l आखिर त्यस्तो के उपाय बताएका थिए त भगवान् कृष्णले? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त उपायबारे l

  • भगवान् कृष्णका जवाफ अनुसार यदि ज्ञान, बुद्धि र संगीतकी देवी सरस्वतीले हातमा वीणा र कमलको फूलमा बसेको चित्र घरमा राख्दा पनि फल पाइन्छ ।
  • यदि तपाइको कुनै पाहुना तपाइको घर आएका छन् भने उनीहरूलाई पिउने पानी दिएर स्वागत गर्नुहोस् l किनकि पानी पिउन दिँदा अशुभ ग्रह टर्छन् । त्यसैले घरमा आएका पाहुनालाई पहिला पानी दिनुहोस् l
  • दिनहुँ जसो पुञ्ज गर्दा घिउबाट बनेको भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा तपाइको घरमा बस्नेछ साथै यसो गर्नाले घरहरू दरिद्रताको पनि वास हुँदैन ।
  • महलाई पवित्र खाद्यान्नको रूपमा मानिने हुँदा हमेशा यसलाई आफ्नो घरमा राख्नुहोस् l जसले गर्दा तपाइको घरबाट नकारात्मक ऊर्जा हटेर जान्छ l
  • यदि तपाईँ आफ्नो घरलाई सधैँ सफा राख्नु हुन्छ भने पनि खर्चमा कमी आउनका साथै धनधान्य बढेर जान्छ l त्यसैले आफ्नो घर सफा राख्ने बानी बसाल्नुहोस् l
  • सौर्यमण्डलका ग्रहहरूले मनुष्यको जीवनलाई धेरै प्रभावित पार्छन् । त्यसैले प्रत्येक दिन व्यक्तिले ग्रहको हिसाब अनुसार निधारमा चन्दन लगाउने हो भने शुभ फल प्राप्त हुन्छ साथै त्यसको सुगन्धले नकारात्मक ऊर्जा पनि नष्ट हुन्छ l

प्रतिक्रिया दिनुहोस्