Logo

सर्लाहीमा व्यापारीमाथि गोलि प्रहार !



Spread the love

२८ भदौ, सर्लाही । शुक्रबार बेलुकी सर्लाहीमा एक व्यापारीमाथि अज्ञात व्यक्तिद्वारा गोली प्रहार भएको छ ।

प्रहरीका अनुसार, घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएका छन् । पेटमा गोली लागेका साहको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्