Logo

पहिरोका कारण बुटवल–पाल्पा सडक अबरुद्ध



Spread the love

२८ भदौ, बुटवल । सिद्धार्थ राजमार्ग शुक्रबारबाट झरेको ढुङ्गे पहिरोका कारण अबरुद्ध बनेको छ । शुक्रबारबाट झरेको पहिरो शनिबार पनि नारोकिएपछी सडक अवरुद्ध भएको हो ।

दोभान प्रहरी चौकीका प्रमुख असई बालबहादुर खत्रीका अनुसार, माथिल्लो शिद्धबाबानजिकै २० मिटर माथीबाट खसेको ढुङ्गे पहिरोले सडक अबरुद्ध हो ।

शुक्रबार पहिरोले गर्दा दुईवटा जिप पुरिएको थिए । गुल्मीको कालिगण्डीकी गाउँपालिका ७ का २६ बर्षीय कमल परियारको घटना स्थल मै मृत्यु भएको थियो भने चार जना घाईते भएका थिए । शिद्धबाबा आसपासको ढुङ्गे पहिरोले बर्षेनी मानिसहरुको ज्यान लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्