Logo

भ्रमण वर्ष सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ : पर्यटनमन्त्री भट्टराई



Spread the love

२८ भदौं, कैलाली l नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित स्वागत कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन् l

मन्त्री भट्टराईले छिमेकी मुलुक भारतसहितका देशमा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी भ्रमण वर्षमा बाह्य पर्यटक नेपालमा भित्र्याउन निजी क्षेत्रलाई आग्रह गर्दै हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा/एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्