Logo

सरकारले समाजवादको मूल मर्म नै बुझेन् : नेता पौडेल



Spread the love

२८ भदौं, काठमाडौँ l कम्युनिस्ट नेतृत्वको सरकार नै वर्तमान व्यवस्थाप्रति वितृष्णा फैलाउन लागेको आरोप नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् l

बिपी जयन्तीको अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै नेता पौडेलले दुई तिहाईको सरकारले केही काम गर्न नसक्दा सर्व साधारणमा राजनीतिप्रति वितृष्णा बढ्ने र त्यसका कारण व्यवस्थामाथि नै खतरा उत्पन्न हुने बताए ।

नेता पौडेलले भने, ‘सरकारले समाजवादको मूल मर्म नै बुझेन । कृषिलाई केन्द्रमा राखेर नीति बनाउन आवश्यक थियो । त्यो गर्नै सकेन । भ्रष्टाचारबाट आजित जनतालाई राहत दिन सकेन । अझ नेताहरू नै भ्रष्ट भएपछि कर्मचारीले भ्रष्टाचार गर्ने नै भए । यी कारणले राजनीतिबाट जनतामा वितृष्ण फैलिन सुरु भएको हो । सरकार अहिले जानी जानी व्यवस्थाप्रति नै वितृष्णा फैलाउन लागेको हो कि भन्ने शङ्का उत्पन्न हुन थालेको छ ।’

नेता पौडेलले काँग्रेसको जागरण अभियानमा कामभन्दा पनि बढी प्रचारमुखी भएको टिप्पणी गर्दै उनले भने, ‘जागरण अभियान सङ्गठनात्मक हुन नसक्नु दुर्भाग्यपूर्ण हो । तर अभियानले संगठनलाईं केन्द्रमा राख्न सकेको छैन । पार्टी सङ्गठनलाई मूल मर्ममा राखेर निर्वाचित जनतप्रतिनीधिले काम गर्न जरुरी छ ।’

नेता पौडेलले काँग्रेसको सिद्धान्तको जीत भएता पनि सङ्गठनले हारेको भन्दै जागरणमार्फत हारेको सङ्गठनलाई पुनर्जीवित बनाउनुपर्ने पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्