Logo

एउटा यस्तो कार्यालय जहाँ ढिला आउने कर्मचारीलाई दिइन्छ, अनौठो सजाय !



Spread the love

यदि कुनै कर्मचारी कार्यालय ढिला जान्छन् भने त्यो हाम्रो लागि कुनै नौलो कुरै होइन l किनकि हामीहरूले यस्तो खबर सुन्दै वा देख्दै नै आइरहेका छौँ l

तर चीनमा एउटा यस्तो कार्यालय छ जहाँ ढिला जाँदा निकै अनौठो सजाय पाइने गरिन्छ l चीनको एक कम्पनीले कार्यालय ढिलो आउने कर्मचारीका लागि खतरनाक सजायको व्यवस्था गरेको छ ।

जुन कर्मचारी अफिस ढिला पुग्छन् त्यस कर्मचारीले सारा कर्मचारीको अगाडी पिसाब पिउनका साथसाथै कक्रोच पनि खानुपर्छ l अझ त्यस्ती मात्र नभएर ढिलासुस्ती गर्ने कर्मचारीलाई बेल्टले पिट्नका साथै अल्छे कर्मचारीको टाउको मुण्ड्याइदिने पनि गरिन्छ l

हदैसम्मको सजाय दिएता पनि आखिर किन कार्यालय छोड्दैनन् त कर्मचारीहरू? त्यसको पछाडि पनि एउटा कारण छ, जुन हो निकै राम्रो तलब । उक्त कार्यालयले निकै नै राम्रो तलब दिने भएकै कारण कर्मचारीहरूले कार्यालय छोड्न सकेका छैन l

प्रतिक्रिया दिनुहोस्