Logo

अबको पचास वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने अध्यक्ष प्रचण्डको दाबी



Spread the love

२८ भदौं, झापा l नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दाबी पनि गरेका छन् l

आज झापाको विर्तामोडमा आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिस्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिस्ट आन्दोलन र त्यसको नेतृत्व विरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताउँदै उनले भने, ‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।’

अध्यक्ष प्रचण्डले जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिस्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको बताए l उनले भने, ‘आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्