Logo

सार्वजनिक खरिद ऐन संशोधन हुँदैछ : रक्षामन्त्री पोखरेल



Spread the love

२८ भदौं, काठमाडौँ l चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चालन गर्ने सम्झौता गरिने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् l

उपप्रधानमन्त्री पोखरेलले टोखा–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताउँदै विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरिद ऐन बाधक रहेको बताएका छन् l

उनले भने, “सार्वजनिक खरिद ऐन संशोधन हुँदैछ, ऐन संशोधन भएपछि विकास निर्माणका काम समयमै सम्पन्न हुन्छन् ।” विकासका योजनालाई गुणस्तरीय बनाउन प्रभावकारी अनुगमन अपरिहार्य रहेको उपप्रधानमन्त्री पोखरेलले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्